शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोडको बजेट (पूर्णपाठ)

बुधबार, १० असार २०७७, १७ : ३७
बुधबार, १० असार २०७७

पोखरा । पोखरा महानगरले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार बजेट सार्वजनिक गर्दै बजेटको आकार सार्वजनिक गरिन् । 

जसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने महानगरले अनुमान गरेको छ । यस्तै, अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरको छ । 

यस्तै, उपमेयर मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गर्दै राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरेको सुनाइन् । आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान बजेटले गरेको छ । 

चालु आर्थिक वर्षमा महानगरले नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका लागि चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा अनुमानित रकम ७ अर्ब ५४ लाख रुपैंयाँ आय प्रक्षेपण गरेको थियो । जसमध्येः संघीय सरकार अनुदानबाट २ अर्ब २ करोड ४३ लाख २४ हजार,  प्रदेश सरकारको अनुदानबाट ५ करोड १४  लाख ४४ हजार अनुमान गरिएको थियो । 

यस्तै, राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट ३ करोड ८२ लाख, आन्तरिक आय २ अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट १० करोड, जनसहभागिता १२ करोड २५ लाख, नगद मौज्दात २२ करोड, सडक बोर्ड २ करोड ५० लाख, अन्तर सरकारी अख्तियारी १ अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो । 

आर्थिक वर्ष २०७६÷७७ मा व्ययतर्फ सञ्चित कोषबाट ५ अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान ६ अर्ब ३८ लाख भएको महानगरले जनाएको छ । कार्य सञ्चालन कोषबाट व्यय रुः १ अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकोमा आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म ३ अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको छ ।  

यस्तै, खर्चतर्फ जेठ मसान्तसम्म चालू खर्चतर्फ १ अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब १० करोड ८३ लाख खर्च भई चालुतर्फ ५४ दशमलव ५ र पुँजीगत तर्फ ३१ दशमलव ५ प्रतिशत खर्च भएको छ । कुल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ भने असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ । हालसम्म ३ अर्ब ३१ करोड २० लाख आम्दानी भएको र अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको महानगरले उल्लेख गरेको छ । कोरोना भाइसर कोभिड १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको बताइएको छ । 
 

पूर्णपाठ हेर्नुहाेस्

पोखरा महानगरपालिका
गण्डकी प्रदेश सभाका माननीय सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु, 
राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरु  
उपस्थित सम्पूर्ण महानुभावहरु ।

नेपाली जनताको लामो समय देखिको संघर्ष र चाहना अनुरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भइ संघ, प्रदेश र स्थानीय तह मार्फत संघीयताको कार्यान्वयन भइरहेको छ । यस अवसरमा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, गणतन्त्र एवं लोकतन्त्र तथा सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणको खातिर आफ्नो जीवन उत्सर्ग गर्नु भएका ज्ञात अज्ञात महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । त्यसैगरी, नगर निर्माणमा तल्लीन पोखरा महानगरक्षेत्रका विशिष्ट महानुभावहरु, नगर निर्माणका अभियन्ताहरु तथा आम महानगरबासीहरुप्रति गहिरो सम्मान प्रकट गर्दछु । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण ज्यान गुमाउनु भएका नेपाली दिदी बहिनी, दाजु भाइहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित भएर उपचाररत नगरवासी तथा सबैको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको सुरक्षा प्रणाली अवलम्बन गर्दै शतर्क र सुरक्षित भएर दैनिक क्रियाकलापहरु सञ्चालन गर्नु हुन अनुरोध गर्दछु । कोरोनाको रोकथाम, नियन्त्रण र उपाचारमा महानगरले थालेको अभियानमा सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । 

पोखरा महानगरपालिकाको उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समितिको संयोजकको हैसियतले यस गरिमामय सातौ नगरसभामा आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा मैले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, नेपाल सरकार र गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालू आवधिक योजना, चालू आवको बजेट, दिगो विकासका लक्ष्य, पोखरा महानगरको बस्तुगत अवस्था, विज्ञहरुबाट प्राप्त राय सुझाव तथा आफ्नो करिब ३ वर्षको सिकाइ र भोगाइलाई समेत महत्वपूर्ण आधारको रुपमा लिएको छु । 

पोखरा महानगरका अद्धितीय विशिष्टता तथा विविधताहरु छन् जसलाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु पर्दछ भन्ने महानगरपालिकाको मूल मान्यता रहेको छ । महानगरको सहरी क्षेत्र र सहरोन्मुख यस विशिष्ट भौगोलिक अवस्थालाई मध्यनजर गरी आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रमको तर्जुमा गर्नुपर्ने हाम्रो अवस्थाप्रति म, संवेदनशील र गम्भीर रहेको व्यहोरा निवेदन गर्न चाहन्छु ।  


सभाध्यक्षज्यू तथा नगर सभासदज्यूहरु
अब म, चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको आर्थिक स्थितिको समीक्षा पेश गर्ने अनुमति चाहन्छु । 

-    आर्थिक वर्ष २०७६÷७७ को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका लागि चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा अनुमानित रकम ७ अर्ब ५४ लाख रुपैंयाँ आय प्रक्षेपण गरिएको थियो । जसमध्येः संघीय सरकार अनुदानबाट २ अर्ब २ करोड ४३ लाख २४ हजार,  प्रदेश सरकारको अनुदानबाट ५ करोड १४  लाख ४४ हजार अनुमान गरिएको थियो । 
-    राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट ३ करोड ८२ लाख, आन्तरिक आय २ अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट १० करोड, जनसहभागिता १२ करोड २५ लाख, नगद मौज्दात २२ करोड, सडक बोर्ड २ करोड ५० लाख, अन्तर सरकारी अख्तियारी १ अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो । 

-    आर्थिक वर्ष २०७६÷७७ मा व्ययतर्फ सञ्चित कोषबाट ५ अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान ६ अर्ब ३८ लाख भएको छ । कार्य सञ्चालन कोषबाट व्यय रुः १ अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकोमा आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म ३ अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको छ ।  
खर्चतर्फ 
-    आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ १ अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब १० करोड ८३ लाख खर्च भई चालुतर्फ ५४ दशमलव ५ र पुँजीगत तर्फ ३१ दशमलव ५ प्रतिशत खर्च भई कुल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ । 
-    आयतर्फ हालसम्म ३ अर्ब ३१ करोड २० लाख आम्दानी भई अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको छ । कोरोना भाइसर कोभिड १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु । 

नगर सभासद्ज्यूहरु,
अब म, आगामी आ.व.०७७।०७८ को बजेटले अवलम्बन गरेका मार्ग निर्देशक सिद्धान्तहरु र उद्देश्यहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु । 
मार्ग निर्देशक सिद्धान्तहरुः 
१.    नागरीकको मौलिक हककोे संरक्षण, सामाजिक सुरक्षा एवं आत्म सम्मानको सुनिश्चित  गर्ने ।
२. नागरिकहरुलाइ संगठित गर्दै सहभागीतामूलक तवरले स्थानीय स्तरमा पूँजी निर्माण गरी ज्ञान, सिप र प्रविधिमा आधारित हरित अर्थतन्त्रको विकास गर्ने ।
३. विकास साझेदारहरुसँग सहकार्य गर्दै वातावरणीय सन्तुलन, जैविक विविधता, प्राकृतिक स्रोतहरु, सामाजिक तथा सांस्कृतिक स्रोतहरुको संरक्षण सहितको दिगो, समावेशी र उत्थानशील भौतिक पूर्वाधारहरु निर्माण गर्ने । 
४. पारदर्शिता, जवाफदेहिता, सदाचारसहितको सार्वजनीक प्रशासन, सुसूचित नागरिकसहितको सहभागिता मूलक पद्धती प्रवद्र्धन गर्दै सामाजिक न्याय तथा सुशासन सुनिश्चित गर्ने ।  
५. दिगो विकासको लक्ष्य स्थानीयकरण गरी सामाजिक न्याय सहितको समाजवाद उन्मुख समाज निर्माणको आधार तयार गर्ने । 
बजेटको लक्षित उद्धेश्यहरुः 
-    कोभिड १९ ले उत्पन्न गरेको परिस्थितीलाइ सम्बोधन गर्ने । 
-    नागरीकका मौलिक हक एवं जीवन रक्षाको सुनिश्चिता, संस्थागत क्षमता विकास तथा सुशासन प्रवद्र्घन गर्ने ।
-    महानगरपालिका, महानगरवासी, सहकारी, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा आर्थिक तथा सामाजिक क्रियाकलापहरु सञ्चालन गरी हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने । 
-    विकासको लागि आवश्यक स्रोत तथा साधनहरुको अधिकतम सदुपयोग गर्न विकास साझेदारहरुसँग सहकार्य गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्टिय उद्देश्य अनुरुप दिगो तथा द्रुत विकास गतिविधिहरु सञ्चालन गर्ने । 
-    राजश्वको दायरा वृद्धि गर्ने, कर दाताहरुलाइ सम्मान गर्ने, व्यवसायी, पेशाकर्मी, तथा नागरीकहरुलाइ कर प्रणालीमा आवद्ध हुन प्रोत्साहित गर्ने  । 
आदरणीय सभाध्यक्षज्यू,
अब म, पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ का लागि सार्वजनिक गरेका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान पेश गर्न चाहन्छु 
-    आव २०७७÷७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट प्रस्ताव गरेको छु । जसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ भने अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान छ । 
-    राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान रहेको छ । 
-    आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

सभाध्यक्षज्यू

अब म, आगामी आर्थिक वर्ष २०७७÷०७८ को राजश्व परिचालन नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु । 

चालू वर्षको स्विकृत आर्थिक ऐनमा देखिएका समस्या र पोखरा महानगरको कर प्रणालीलाई वैज्ञानिक बनाउन सरोकारवाला संस्थाहरु, राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा अन्य सरोकारवालाहरुको सुझाव समेतलाई ध्यान दिई आर्थिक विधयेकका अनुसूचीहरुमा आवश्यक परिवर्तन गरिएको छ । आगामी दिनमा करको दायरा फराकिलो बनाई महानगरपालिकाको कर प्रशासन चुस्त दुरुस्त र करदातामैत्री बनाउन आवश्यक कदम चालिने छ । 

कर प्रशासनलाई व्यवस्थित गर्न निम्नानुसार नीतिहरु अवलम्बन गरिनेछ  ।

१. कोभिड १९ को महामारीका कारणले २०७६ चैत ११ देखि २०७७ जेष्ठ मसान्त सम्म भएको बन्दाबन्दीको कारणले नगरको आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव पारेकोले करदाताहरुलाई निम्नअनुसार सहुलियत दिने प्रस्ताव गरेकी छु ।  
-    सम्पत्ति वहालतर्फः महानगरपालिकाले भाडामा दिइएका सटर तथा भवनहरुको २०७६ चैत देखि २०७७ जेठ मसान्त सम्म ३ महिनाको घर भाडा तथा वहाल कर छुट दिइने छ । यसरी छुट दिएको वहाल रकम आगामी आर्थिक वर्ष २०७७।७८ को पहिलो चौमासिक भित्र मिलान गर्ने गरी व्यवस्था मिलाएको छु । 
-    महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगत रुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान गरिने छ ।
-    अन्डरग्राउन्ड पार्किङसहित निर्माण भएका घर तथा भवनहरुको नक्सापास दस्तुरमा एक तलाको राजश्व छुटको व्यवस्था र भूकम्प पीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेबलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइनेछ । पूर्ण रुपमा पार्किङ भवन बनाएमा राजश्व छुट दिइनेछ । 
-    महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । 
-    अपांगता भएकाहरु, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तिमा ३ रोपनी भन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिनेछ ।
-    लकडाउन अवधिमा घर धनीहरुले घर भाडा मिन्हा गरेमा सो अवधिको वहाल करमा छुट दिइने छ । 
-    महानगरका नियमित करदाताहरुलाई कोभिड १९ को कारण व्यवसामा परेको असरलाई मध्यनजर गर्दै निश्चित मापदण्ड तयार गरी सहुलियतको व्यवस्था मिलाइने छ । 
अब म, आ.व. २०७७÷०७८ को लागि क्षेत्रगत विनियोजन तर्फको बजेट प्रस्तुत गर्न चाहन्छु,
संघीय सरकार बाट प्राप्त अख्तियारी समेत कुल प्रस्तावित बजेट ६ अर्व १९ करोड ७१ लाख ७८ हजार मध्ये चालु खर्च तर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ भने उक्त बजेट मध्ये प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ जस मध्ये चालु खर्च तर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत हुन आउँछ भने प्रशासिनक तथा सञ्चालन तर्फ २६ प्रतिशत र कार्यक्रम तर्फ ७४ प्रतिशत हुन आउँछ । क्ुल विनियोजन मध्ये विभिन्न कोषहरुमा १० करोड, विभिन्न विषयगत समितिहरुको आन्तरिक पँुजीगत खर्च २ अर्ब ८० करोड २१ लाख ५८ हजार विनियोजन गरेको छु ।


पूर्वाधार तर्फ
१) महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा संचालनमा रहेका योजना सम्पन्न गर्नका लागि ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट विनियोजन गरेको छु  । 
२) चालु आवमा काम सुरु गरिएका मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला, स्याङखुदी खोला, बगादी खोला  र सिर्जनाचोकको आकाशे पुललाई सम्पन्न गर्नका लागि यस आवमा समेत निरन्तरता दिँदै चालु पुल तर्फका योजनाका लागि १३ करोड ५० लाख ४२ हजार बिनियोजन गरेको छु । वडा न.  ३० र ३२ जोड्ने ओर्लाङ खोला पुल, वडा न १४ र १५ जोड्ने कल्भर्ट, वडा न १० र १५ जोड्ने कल्भर्ट, वडा न ५र ८ जोड्ने कल्भर्ट निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
३) वडा कार्यालयलाई अत्यावश्यक सेवा सञ्चालन गर्न सहज हुने गरी यस आवमा   निर्माण सुरु गरिएका ७ वटा वडाका कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि चालु भवन तर्फको योजनाको लागि ६ करोड ११ लाख विनियोजन गरेको छु । आगामी आवमा वडा कार्यालय भवन निर्माण, कोरोना संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन भवन निर्माणका लागि जिल्ला समन्वय समिति सगँको सहकार्यमा कार्यक्रम संचालनका लागि १० करोड रुपंैयाँ विनियोजन गरेको छु  । यस आवमा जग्गा व्यवस्थापन गरी महानगरपालिका भवन निर्माणको कार्यलाई अगाडि बढाउन  आवश्यक बजेट विनियोजन गरेको छु ।
४) सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पोखरा महेन्द्रपुलमा ट्राफिक लाइटको निर्माण गर्न बोलपत्र आव्हान भइसकेको छ । महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सबवे संरचना निर्माण, अध्ययन डिजाइनको कार्यलाइ अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु । अन्य दुई स्थानमा ट्राफिक बत्ती राख्नको लागि थप बजेट व्यवस्था गरेको छु । शान्तिनगर चोकमा नमुनाको रुपमा राखिएको पैदलयात्री ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याइने छ । 
५) गत वर्षदेखि सञ्चालित उज्यालो पोखरा कार्यक्रम अन्तर्गत सडक बत्तीलाई मर्मत कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइने छ । स्मार्ट सडक बत्ती व्यवस्थापनको डिपिआर तयार गर्ने कार्य सम्पन्न भएको र डिपिआर अनुसार नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम गर्न २ करोड रुपैंयाँ विनियोजन गरेको छु ।
६) पोखराको सिद्धार्थचोकदेखि साँघुको मुख सम्मको सडक सौन्दर्यकरण कार्यक्रमलाई निरन्तरता दिँदै महेन्द्रपुलमा लिफ्ट सहितको आकाशेपुल निर्माण सुरु गर्न १ करोड ४० लाख बजेट बिनियोजन गरेको छु ।
७) मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्य निरन्तरताका लागि १४ करोड ३८ लाख ३३ हजार विनियोजन गरेको छु । 
८) पोखरा वडा न १७ को आरटिओं सडक स्तरोन्नति निरन्तरताका लागि ७ करोड ३६ लाख १३ हजार विनियोजन गरेको छु । जाल्पा मार्ग,जरेबर धारापानी सडकलाई नमुना सडकका रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
९) लेक टु लेक केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षण अनुसार कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । 
१०) महानगरस्तरीय क्रमागत योजनाहरुलाई आगामी आ.व. मा निरन्तरता दिनुको साथै सडक मर्मत सम्भार कोष सञ्चालनको व्यवस्था मिलाएको छु ।
११) पोखरा बसपार्क व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा लामे आहालमा क्षेत्रीय बसपार्क निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । 
१२) महानगर भित्र सञ्चालित आयोजनाको गुणस्तर कायम राख्न गुणस्तर मापन प्रयोगशाला सञ्चालन निरन्तरताको व्यवस्था मिलाएको छु ।
१३) वडा न ३२ मा कोत्रेमा एकीकृत (शान्ति सुरक्षा, स्वास्थ्य, पैठारी निकासी विवरण, सूचना प्रविधि, राजश्व) डिजिटल प्रवेशद्वार प्रणाली जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु  । पोखरा ३२ मजुवामा पार्क निर्माणको डिपिआर तयार भइसकेकाले निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट व्यवस्था गरेको छु । 
१४) विजयपुर माझठाना सडक, पामे घाटीछिना सडक, मणिपाल ¥यालेचौर सडक ,कालिकाचोक थुम सडक निर्माणका लागि समपुरक साझेदारीको लागि १२ करोड विनियोजन गरेको छु । तालचोक बेगनास सडक निर्माणको लागि विश्व बैकको साझेदारीमा नेपाल सरकार शसर्त अन्तर्गत २५ करोड ३९ लाखको आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
१५) ३३ वटै वडाहरुमा वडास्तरीय विकास निर्माणका कार्यक्रमका लागि २३ करोड १० लाख बजेट विनियोजन गरेको छु । 
१६) संघ सरकारसँगको साझेदारीमा ९ वटा ब्यवस्थित स्वास्थ्य चौकि निर्माण गर्नका लागि आवश्यक ब्यवस्था मिलाएको छु ।
१७) पोखरा सभागृह मर्मत सम्भार गर्न ३ करोड बजेट विनियोजन गरेको छु । निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणलाई आवश्यक प्रक्रिया अगाडि बढाउन बजेट व्यवस्था गरेको छु ।
१८) पूर्वाधार तर्फका योजनामा संघीय र प्रदेश अनुदानबाट ५१ करोड ६९ लाख र आन्तरीक स्रोतबाट २ अर्ब २१ करोड ७१ लाख गरी २ अर्ब ७३ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।   
हामी बनाउछौ हाम्रो महानगर 
-    हामी बनाउछौ हाम्रो महानगर अन्र्तगत सडक निर्माण, खानेपानी लाइन विस्तार, तथा बहुउेद्दश्यीय भवन निर्माणका लागि जनसहभागीता सहित कार्यक्रम सञ्चालन गर्न रु २० करोड बिनियोजन गरेको छु ।

स्थानीय सेवाको व्यवस्थापन 
-    प्रशासन र सेवा प्रवाह सुधारको कार्यलाई निरन्तरता दिइने छ । यसै आवदेखि कर्मचारी र जनप्रतिनिधिको कोरोना बिमा गर्ने कार्य अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु ।
-    कर्मचारीहरुलाई प्रदान गर्दै आईरहेको स्थानिय भत्ता ,अतिरिक्त कार्य समय भत्ता,मूल्यांकन भत्ता लगायतका सबै प्रकारका अतिरिक्त भत्ताहरुलाइ यस आर्थिक वर्षदेखि कटौती गरिएको छ ।

सहकारी
-    पोखरा महानगरपालिका र महानगरपालिकामा कार्यरत सहकारीहरुसँगको साझेदारीमा विशिष्टिकृत संस्था स्थापना गरी कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवाहरुलाइ रोजगारी प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
-    महानगरपालिका, सहकारी र जनता साझेदारीमा उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
-    सहकारी उद्यमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई अगाडि बढाउनुका साथै सीप विकास प्रशिक्षण केन्द्र मार्फत क्षमता विकास सञ्चालनमा ल्याउनका लागि ४ करोड बजेट विनियोजन गरेको छु । साथै सहकारी बैक स्थापनाका लागि अध्ययन कार्यदल गठन गर्न आवश्यक व्यवस्था गरेको छु । 

स्थानीय तथ्यांक र अभिलेख व्यवस्थापन
-    महानगरपालिकाको वडाहरुको गरिबी नक्सांकन तथा पारिवारिक विवरण संकलन कार्य आगामी वर्ष सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
-    सार्वजनिक जग्गाको लगत अध्यावधिक गर्दै २०७५—०७८ लाई सार्वजनिक जग्गा संरक्षणको वर्ष घोषणा गरे अनुरुप सार्वजनिक जग्गाको संरक्षणको गर्न सामाजिक संस्थाहरुसँग सहकार्य गरिनेछ । सार्वजनिक जग्गा संरक्षणका साथै खुल्ला क्षेत्र संरक्षण तथा पार्क निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
स्वास्थ्य :
-    गुणस्तरीय स्वास्थ्य सेवामा महानगरवासीहरुको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।  भौतिक संरचनाहरुको विकास,  दक्ष जनशक्ति व्यवस्थापन, प्रयोगशाला तथा उपकरणहरुको व्यवस्था गर्न  विशेष अनुदान बाट ४  करोड बजेट विनियोजन गरेको छु । 
-    सहरी आधारभूत स्वास्थ्य केन्द्रहरुद्धारा गुणस्तरीय सेवा उपलब्ध गराई सामाजिक न्यायसहितको जवाफदेही स्वास्थ्य सेवा प्रणालीको विकास गरी स्वस्थ्य समाजको निर्माणमा जोड बजेट विनियोजन गरेको छु ।
-    कोभिड १९ लाई सम्वोधन गर्न हाल सञ्चालित कार्यक्रमहरुको निरन्तरता गर्दै थप विशेष कार्यक्रमहरु सञ्चालन गर्न २ करोड बजेटको व्यवस्था गरेको छु । 
-    निजी क्षेत्रहरुबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको गुणस्तरलाई नियमित रुपमा अनुगमन गरी थप जिम्मेवार र जवाफदेही बनाइने छ । 
-    स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गर्न सशर्त कार्यक्रम १९ करोड ३३ लाख र आन्तरिक ९ करोड ५१ लाख गरी कोरोना विशेष कार्यक्रमका समेत सञ्चालनका लागि २८ करोड ८४ लाख बजेट विनियोजन गरेको छु । 
-     श्रममा आधारित कोरोना विशेष रोजगार कार्यक्रम सञ्चालन गर्न संघीय कार्यक्रमसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गर्न ३ करोड ४९ लाख बजेट विनियोजन गरेको छु । 

शिक्षा 
-    अनुसन्धान र खोजमूलक शिक्षामा जोड दिँदैं चालू आवमा साझेदारी गरिएका विद्यालयको नतिजाका आधारमा साझेदारी कायम गर्ने नीति लिइएको छ । नतिजाको आधारमा एक प्रादेशिक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिनेछ ।
-     पोखरा प्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्दै महानगर अनुसन्धान तथा विकास केन्द्र, महानगर भित्र रहेका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको सहकार्यमा अध्ययन अनुसन्धान कार्य अगाडि बढाउँदै विज्ञान सम्मेलन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
-    सिप विकास तथा रोजगारी केन्द्र मार्फत कोभिड १९ को कारणले रोजगारी गुमाएका युवालाई प्रोत्साहन गरी नयाँ व्यवसायमा अनुकुलन गराउनका लागि सिप विकास तथा क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको छु ।
-    विद्यार्थीलाई घरबाटै शिक्षा लिन व्यवस्थाको लागि आवश्यक समन्वय गर्न बजेट ब्यवस्था गरेको छु ।
-    शिक्षातर्फ संघीय अनुदानबाट १ अर्ब २४ करोड ५६ लाख र आन्तरिक स्रोतबाट ५ करोड ७ लाख गरी १ अर्ब २९ करोड ६३ लाख बजेट विनियोजन गरेका छु । 

हाम्रो अभिभारा, स्वच्छ सुन्दर पोखरा
-    हाम्रो रहर, सुन्दर सहर भन्ने उद्घोषका साथ टोल विकास संस्थाको सहकार्यमा आफ्नो आँगन आफै बनाऔ अभियान संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । आगामी आवमा सफा टोल, स्वस्थ्य नागरिक अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक बजेट व्यवस्था गरेका छु ।
-    महानगर क्षेत्रभित्र वैकल्पिक ल्यान्डफिल साइट सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु । अस्पतालजन्य फोहोर व्यवस्थापन थप ब्यवस्थित बनाउनका लागि आवश्यक ब्यवस्था गरेको छु ।
-    सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्र्तगत स्थापित तथा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाजन्य फोहोर तथा विषादीयुक्त फोहोर व्यवस्थापनको लागि एकीकृत फोहोर व्यवस्थापन केन्द्रलाइ थप व्यवस्थित गरी एकीकृत सेवा प्रदानका लागि आवश्यक व्यवस्था मिलाएको छु ।
-    आवश्यक सेवासहितको थप सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्र स्थापना गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा, भ्याक्सिन र खोपहरु निशुल्क गर्न बजेट व्यवस्था गरेको छु । प्रदेश र संघ सरकारसँगको सहकार्यमा ९ वटा आकस्मिक स्वास्थ्य संस्था संचालनको आवश्यक व्यवस्था मिलाएको छु ।
-    आइएनएफसँगको साझेदारीमा महानगरभित्र स्वास्थ्य कार्यक्रम संचालनका लागि १३ करोड बजेट व्यवस्थापन गरेको छु ।
-    वडामा दन्त शिविर स्वास्थ्य कार्यक्रम, घुम्ती स्वास्थ्य शिविर र  सुरक्षित सुत्केरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्न ५२ लाख बजेट विनियोजन गरेको छु ।
-    सबैको लागि स्वास्थ्य सेवा कार्यक्रम वडा÷वडामा सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु । स्वास्थ्य बिमाको कार्यक्रमलाई अनिवार्य गर्ने प्रबन्धका साथै ज्येष्ठ नागरिक स्वास्थ्य उपचारका लागि बजेट व्यवस्था गरेको छु ।
-    महानगर भित्र सञ्चालित अस्पताल, फार्मेसी लगायत निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन तथा नियमनका लागि बजेट व्यवस्था गरेको छु ।
-    शिसुवा अस्पताल सवलीकरणका लागि ५५ लाख बजेटको व्यवस्था गरेको छु । यसबाट सुरक्षित मातृत्व कोष संचालनलाई प्रभावकारी हुने विश्वास लिएको छु ।  
-    कोरोना महामारीको समयमा पोखरा महानगर अन्तर्गत रहेको ४३ वटा स्वास्थ्य संस्थाबाट असहज परिस्थितिमा सेवा प्रदान गर्न आवश्यक जनशतिm व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको छु ।
-    ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन तथा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुका सार्थै सहरी स्वास्थ्य केन्द्र मर्मत तथा ध्यान केन्द्र निर्माणको व्यवस्था मिलाएको छु ।
-    स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानीको व्यवस्था मिलाइने  छ । विश्व स्वास्थ्य संगठन तोकेको बि तहको एम्बुलेन्स र शव वाहन एक÷एक वटा खरिद गर्न ९० लाख बजेट विनियोजन गरेको छु ।
वातावरण
-    फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्टेसन ड्याम निर्माण तथा जलाधार क्षेत्र संरक्षण कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
-    यस वर्ष १५ किमी सडक किनारामा वृक्षरोपण गरिने छ । नदी किनारामा बास, अम्रिसो लगायतका बिरुवा रोप्ने कार्य अभियानका रुपमा संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । 
-    राष्ट्रिय विभूति तथा सहिद पार्कमा पोखरा ब्यानर निर्माण तथा पैदलमार्ग निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
-    खुल्ला स्थानहरुमा सर्भिस स्टेसन तथा जग्गाको उपलब्धता हेरि सार्वजनिक शौंचालय निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरेको छु । हल्लनचोकमा अत्याधुनिक सार्वजनिक शौंचालय निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने गरी ९६ लाख बजेट विनियोजन गरेको छु । 
-    सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला, भोटीखोला लगायत नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
-    ताल, पोखरी र चौतारी संरक्षणका लागि आगामी आवमा निरन्तरता दिने गरी आवश्यक व्यवस्था मिलाएको छु ।  
-    कालिका पोखरी तथा कश्यप ताल संरक्षणको लागि डिपिआर अनुरुप निर्माण सुरु गर्न बजेट विनियोजन गरेको छु ।
-    पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा अगाडी बढाउन आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
कृषि तथा पशु 
-    संस्थागत विकास, कृषक क्षमता अभिवृद्धि, प्रविधीको सदुपयोग, भूमिको व्यवस्थापन, भूमि बैकको स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्न संघीय अनुदानबाट १ करोड ३३ लाख र आन्तरिक स्रोतबाट १ करोड ४६ लाख गरी ३ करोड ८९ लाख बजेट विनियोजन गरेको छु । बाँझो बारीमा प्रोटिनयुक्त घाँस भन्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने छ । 
-    मेयर प्रविधि मैत्री कृषि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिन बजेट व्यवस्था गरेको छु । 
-    शुद्ध नश्ल बोयर बोका र बंगुरका पाठापाठी तथा नेपियर घाँस किसानहरुलाई निशुल्क वितरण गर्न राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरिने छ । पशु सेवा केन्द्र मार्फत् पशुहरुको निशुल्क औषधी वितरण कार्यलाई निरन्तर दिन बजेटको व्यवस्था गरेको छु । छाडा चौपायाँ नियन्त्रण गर्न निश्चित रकम तिरेपछि महानगरपालिकाले व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाएको छु । 
-    अनुउत्पादक र बाँझो पन भएका पशुहरुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने छ । 
-    पशुतर्फका कार्यक्रम सञ्चालनका लागि १ करोड ४६ लाख बजेट विनियोजन गरेको छु ।    
न्यायिक समिति
-    न्यायिक समिति मार्फत् प्रदान गरिने सेवालाइ थप प्रभावकारी र सर्वसुलभ बनाइने छ । लैंगिक समानता तथा हिंसामा परेका महिलाको सहायता लागि कानुनी परामर्श तथा सहायता कक्षलाई थप व्यवस्थित र सुलभ बनाउन ५० लाख बजेट विनियोजन गरेको छु ।
सामाजिक सुरक्षा
-    अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको लागि महानगरभित्र यातायातामा छुटको व्यवस्था मिलाउन २० लाख बजेट विनियोजन गरेको छु । 
-    पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता प्रदान गर्दै कोष सञ्चालन २० लाख बजेट विनियोजन गरेको छु । 
-    महिला हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता सम सचेतता कार्यक्रम सञ्चालन गरिने छ । सामाजिक विकासतर्फका कार्यक्रमको लागि संघीय अनुदानबाट १ करोड १९ लाख । आन्तरिक स्रोतबाट १३ करोड ६९ लाख बजेट प्रस्ताव गरेको  छु । 
-    सामाजिक सुरक्षा भत्ता वितरणको लागि संघीय अनुदानबाट ७५ करोड र महानगरपालिकाबाट दिँदै आएको थप सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु । जसका लागि ६ करोड बजेट विनियोजन गरेको  छु । 
-    सिमान्तकृत, अल्पसंख्यक, दलित, मुस्लिम, जनजाति, जनआन्दोलनको घाइते, सहिद परिवार लक्षित कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु । 
-    बालबालिका सम्बन्धी कार्यक्रमलाई सञ्चालन गर्न र बाल मैत्री महानगर पालिका घोषणको लागि सूचकांक प्राप्त गर्न २५ लाख बजेट विनियोजन गरेको छ । 
डिजिटल तथा रंगीन क्लस्टर निर्माण
-    महानगरको वडा नम्बर ५, ६ र ७ मा पर्ने शान्तिनगरचोकदेखि हल्लनचोकसम्मको सडक र बस्तीलाई रंगिन क्लस्टर निर्माण गर्ने गरी नमुना बनाउने कार्यको निरन्तरताको लागि बजेट विनियोजन गरेको छु । 
उपप्रमुखसँग महिला कार्यक्रम
-    ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका साथै कोरोनाको कारणले रोजगारी गुमेका महिलाको लागि रोजगारी सिर्जना गर्नका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिनका लागि ३ करोड विनियोजन गरेको छु । 
-    कोरोना कारण रोजगारी गुमेका महिलाहरुलाइ उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्घनका लागि उपप्रमुख सग महिला कार्यक्रम अन्तर्गत स्वरोजगार कार्यक्रम संचालनका लागि  आवश्यक बजेट विनियोजन गरेको छु । 
युवा तथा खेलकुद
-    महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु । 
-    वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान  निर्माण  निरन्तरताको लागि ५० लाख बजेट विनियोजन गरेको छु । 
-    ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै १० स्थानमा व्यायाम सामग्री जडानको लागि बजेट व्यवस्था गरेको छु । 
-    विपदमा युवा स्वयमसेवा कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा म्याराथुन संचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । उत्कृष्ट वर्ष खेलाडी छनौट गरी अर्वाड प्रदान गर्नका लागि आवश्यक ब्यवस्था मिलाएको छु ।
पर्यटन 
-    हाम्रो चाहना पर्यटन मैत्री संरचना निर्माण कार्य अभियानको रुपमा अगाडी बनाउने ब्यवस्था मिलाएको छु । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीय स्थल सम्बन्धी सूचनाहरुलाई विभिन्न भाषामा तयार गरी प्रचार प्रसार गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । 
-    स्थानीय अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्दै पोखरा महानगरपालिकालाई एग्रो टुरिजम हबको रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
-    सामुदायिक वनहरुसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण तथा पिकनिक स्थल निर्माणलाई निरन्तरता दिँदै १४ स्थानमा पिकनिक स्थल निर्माण गरिने छ । 
-    सराङकोट र पुम्दीभुम्दीमा निर्माणधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिएको छु । 
-    पर्यटन क्षेत्रका लागि २ करोड ४६ लाख  बजेट विनियोजन गरेको छु । 

भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास 
-    महानगर भित्र बोलिने लोपोन्मुख भाषाहरुको संरक्षणमा जोड दिइने छ । आगामी आर्थिक वर्षमा २ वटा भाषाको शव्दकोष र व्याकरण निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । 
-    पोखरा साहित्य सम्मेलन गर्न बजेटको व्यवस्था गरिएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानलाई सञ्चालनमा ल्याउन बजेट विनियोजन गरेको छु । 
-    अन्त्यमा, प्रस्तुत वार्षिक बजेट तर्जुमा गर्ने कार्यमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, सभासदज्युहरु, नगरस्थित क्रियाशील राजनीतिक दलहरु, नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु, कर्मचारी मित्रहरुलाई पुनः धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजी क्षेत्र प्रति म, पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा प्राप्त हुने नै छ भन्ने विश्वास लिएको छु ।
-    आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट तथा कार्यक्रम र सो सँग सम्बन्धित अर्थ विधेयक र विनियोजन विधेयक उपर रचनात्मक एवं सिर्जनात्मक ढंगले सघन छलफल गरी पारित गरिदिनु हुने छ भन्ने विश्वासको साथ सम्पूर्ण नगर सभासदज्यूहरुमा हार्दिक अनुरोध गर्दछु । 
                                                 
धन्यवाद ।                        
जय पोखरा  जय नगरबासी  ।।
मञ्जुदेवी गुरुङ
उपप्रमुख

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप