शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग

बुधबार, १० असार २०७७, १७ : १३
बुधबार, १० असार २०७७

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि  अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालार्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

 अमेरिकाले ती सामाग्री कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान योजना २०७०’ सफल बनाउन उपलव्ध गराएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ । प्रधानसेनापति थापाले मित्रराष्ट्र अमेरिकाको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप