अमेरिकी अदालतद्वारा जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध २ अर्ब डलर जरिवाना
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ ।
यद्यपी, मिजौरी पुनरावेदन अदालतले जरिवानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना मागदाबी गरिएको थियो । अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ ।
अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सन विरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिवानालाई दाँज्न नसकिने जनाएको छ ।
सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिवाना तिराएको थियो । गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो, तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ । तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेश विरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएकी छिन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान