बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरले ल्यायाे १६ अर्ब ४२ कराेडकाे बजेट

बुधबार, १० असार २०७७, १५ : ४८
बुधबार, १० असार २०७७

काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् । 

काठमाडौं महानगरले ल्याएकाे उक्त बजेटमा ५ अर्ब ७७ कराेड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ कराेड सशर्त याेजना तथा कार्यक्रममा, १ अर्ब ७४ कराेड प्रशासनिक खर्चमा, सामाजिक विकासमा १ अर्ब ५० कराेड, सम्पदा संरक्षणमा १ अर्ब ३४ कराेड खर्च हुने अनुमान गरिएकाे छ । 

उक्त खर्चकाे लागि आन्तरिक स्राेतबाट ४१.१९ ले हुने ६ अर्ब ७६ कराेड, माथिल्ला सरकारकाे निशर्त ८.६७ अनुदान १ अर्ब ४२ कराेड, सशर्त अनुदानतर्फ १५.६८ प्रतिशतले हुने २ अर्ब ५७ कराेड, बैंक माैज्दाततर्फ २१.३१ प्रतिशतले हुने ३ अर्ब ५० कराेड र बाँकी सामाजिक सुरक्षा भत्ता, मनाेहरा र चमती जग्गा एकीकरण आयाेजनाबाट जुटाइने अनुमान गरिएकाे छ । 

अधिवेशनमा महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरले ४ गते नीति तथा कार्यक्रम ल्याएकाे र साेही अनुसार अाज बजेट प्रस्तुत गरेकाे भन्दै सदस्यहरुलाई अध्ययन गर्न दिएर छलफलका लागि १ सातापछि अर्काे बैठक बस्ने बताए ।

अघिल्लो वर्ष महानगरकाे बजेट १५ अर्ब ५० कराेडकाे थियाे । याे आधारमा महानगरकाे बजेट बढेकाे देखिए बैंकमा रहेकाे माैज्दातका कारण याे अाकार ठूलाे देखिएकाे हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप