किम जोङले रोके दक्षिण कोरियाविरुद्धको सैन्य कारवाही
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग लगातार बढिहेको तनावका बीच सैन्य कारवाहीको निर्णय स्थगित गर्ने निर्णय गरेका छन् । प्योङ्याङको आधिकारिक समाचार एजेन्सी ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले मंगलबार भिडियो सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन् ।
किमले सत्तारुढ वर्कर्स पार्टीका केन्द्रीय सैन्य आयोगको बैठकको अध्यक्षता गरे ।
उक्त बैठकमा उत्तर कोरियाका सैन्य नेताको तर्फबाट ल्याइएको दक्षिण कोरियाविरुद्ध सैन्य कारवाहीको योजना स्थगित गर्ने निर्णय गरिएको हो । केसीएनएले उक्त निर्णय किन लिइयो भन्ने जानकारी भने दिएन । उता दक्षिण कोरियाका एकीकरण मन्त्रालयका प्रवक्ता योह सङ कीले उत्तर कोरियाको रिपोर्टमाथि नजिकबाट निगरानी राखेको तर आफूलाई पनि यसबारे कुनै विस्तृत जानकारी नभएको बताए ।
‘सैन्य कारवाही स्थगित गरिएको हो, रद्द होइन’
‘फार इस्टर्न स्टडीज’ का सियोल संस्थानका विशेषज्ञ किम डोङ–यूबले उत्तर कोरिया अब दक्षिण कोरियाको तर्फबाट कुनै कारवाहीको प्रतिक्षा गरिरहेको हुनसक्ने अनुमान गरे । किम दक्षिण कोरियाका पूर्व सैन्य अधिकारी हुन् जसले अन्तर–कोरियाली सैन्य वार्तामा भाग लिएका थिए ।
उनले भने, ‘यो स्पष्ट हो कि उत्तर कोरियाले आफूले सैन्य कारवाही रद्द नगरी स्थगित मात्रै गरेको जानकारी दिएको छ । यसअघि दुई देशबीच तनाव बढेपछि उत्तर कोरियाले अन्तर–कोरियाली सहयोग स्थलमा सैनिकलाई पठाउने, गार्ड चौको निर्माण गर्न र दक्षिण कोरियासँग जोडिएको सीमामा सैन्य अभ्यास सुरु गर्ने कुरा गरेका थिए । दुई देशबीच सन् २०१८ मा भएको सम्झौतामा यी सबै कदम प्रतिबन्धित थिए । उत्तर कोरियाको यो कदमले सन् २०१८ को सम्झौता अमान्य हुनेछ जसमा दुई देशले एक–अर्काविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधि नगर्ने भनिएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई