बेलायतबाट जजिरा एअरवेजको चार्टर विमान नेपाल उड्दै

लण्डन । कोरोना संक्रमणका कारण बेलायतमा रोकिएका नेपालीहरुलाई आज जजिरा एअरवेजको विमानबाट नेपाल पठाइने भएको छ ।
बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि दुईवटा उडानको तय भए अनुरुप आज पहिलो फ्लाइट नेपाल जान लागेको हो ।
यसैगरी दोस्रो फ्लाइट जुन २६ तारिख शुक्रबारको लागि तय भएको छ । नेपाली राजदूतावास लन्डन र गैर आवासीय नेपाली संघ यूकेको पहलमा करिब पाँच सय नेपालीहरुको सूची तयार पारिएको नेपाली राजदूतावास लण्डनले जानकारी दिएको छ ।
१ सय ५८ यात्रु क्षमता भएको ए ३२० जजिरा एअरलाइन्सका दुईवटा जहाजबाट प्रथामिकताका आधारमा ३ सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किनेछन् । भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायतले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका छन् ।
बेलायतको ग्याट्वीक एअरपोर्टबाट बुधबार दिउँसो २ बजेर ५० मिनेटमा उड्ने जजिरा एअरवेजको ‘ए ३२० एअरबस’ बिहीबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं अवतरण हुने बताइएको छ । नेपाल सरकारले गरेको निर्णय बमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरणगर्ने सम्बन्धी आदेश, २०७७’ जारी भए अनुसार बेलायतमा रोकिएर रहेका नेपालीहरुको पहिलो फ्लाइट नेपाल पठाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध