शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

बुधबार, १० असार २०७७, १३ : ०३
बुधबार, १० असार २०७७

कैलाली । सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक अबरुद्ध गरेको छ । 

बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

 चेकजाँच बिनै क्वारेन्टिनमा बसेकालाई घर पठाउने गरेको, कोरोना संक्रमणको संवेदशीलतालाई मध्यनजर गरी काम नगरेको, कोरोना भाइरसको नाममा करोडौँ खर्च गरे पनि संक्रमण रोक्न नसकेको आरोप लगाउँदै बैठक अवरुद्ध गरिएको हो ।
पिसिआर जाँच विना घर पठाइँदा समूदायमा संक्रमणको जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता रणवहादुर रावलले बताए ।

उनले २०७५ सालदेखिको बजेट एकलौटी रुपमा आएको भन्दै त्यो कार्यपनि नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए । 

काँग्रेसको अवरोधपछि प्रदेश सभाको  बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको  छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप