शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा बैङ्क तथा वित्तीय संस्थामा पैसा राख्नेहरु बढे, चैत यता १ खर्ब ७० अर्ब निक्षेप संकलन

बजारमा अहिले अत्यधिक पैसा छ : गर्भनर अधिकारी (भिडियो)
बुधबार, १० असार २०७७, १२ : ३६
बुधबार, १० असार २०७७

नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले बजारमा अहिले अत्यधिक पैसा भएको बताएका छन् ।  बजारमा तरलता हुनुको कारण सोचेभन्दा बढी रेमिट्यान्स भित्रनु रहेको अधिकारी बताउँछन् । यस्तै अहिले बैङ्कमा कम कर्जा प्रवाह र बढी निक्षेप संकलन भएकाले पनि बैकिङ प्रणालीमा तरलता बढी भएको उनको भनाइ छ ।

उनका अनुसार लक डाउनको अवधिमै १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बैङ्क तथा वित्तीय संस्थामा संकलन भएको छ । अहिले बिजनेस साइकल नै भत्केकाले अबको निदमा कर्जाको माग ह्वात्तै बढेर जाने उनले भने । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा गर्भनर अधिकारीले माग अनुसारको कर्जा प्रवाह गर्न बैङ्कहरु तयार भएर बसेको बताए ।

यस्तै अहिले कोरोनाको कारण व्यापार व्यवसाय थला परेको छ । व्यापार व्यवसाय नहुँदा बैङ्कको ब्याज, कर्मचारीको तलब लगायतका समस्या व्यवसायीहरुले झेलिरहेका  छन् । तर यसरी समस्यामा रहेको कुनै पनि विजनेसलाई राष्ट्र बैङ्कले काध हालेर मात्र समस्याको समाधान नहुने गर्भरन अधिकारीले अन्तरवार्तामा भनेका छन् । अन्तरवार्तामा गर्भनरले यस्तो भनेका हुन् । उनले सबै समस्याको समाधान राष्ट्र बैङ्क मात्र नभएको बताएका छन् ।  यद्यपि, बैङ्क तथा वित्तीय संस्थाले अहिले ग्राहक बचाउनु भनेको भोलिको दिनमा उसले आफु बाँच्ने आधार बनाउनु भएको उनले भने ।  


हेर्नुहोस् अन्तरवार्ताको पूर्ण भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप