
नेकपाको स्थायी समिति बैठक शुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे स्थायी समिति बैठक शुरु भएको छ । बुधबार बिहान बालुवाटारमा बैठक जारी रहेको छ । बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बैठकका ५ वटा एजेण्डा तय भएका हुन् ।
एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्ने उल्लेख । त्यस्तै दोस्रो एजेण्डा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ । सरकारका काम कारवाहीबारे छलफल विषय समेत तोकिएको छ । सरकारका कामका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या समाधान र अन्य गरी तीन उपशीर्षक रहेका छन् ।
नेकपा नेतृत्वको सरकार पार्टीको सुझाव विपरित एकलौटी ढंगले चलेको भन्दै नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । त्यस्तै पार्टी एकताका बाँकी कामहरुबारे पनि छलफलको एजेण्डा बनाइएको छ ।
गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेपनि एकता प्रकृया टुङ्गिएको छैन ।
बैठकको एजेण्डामा एमसीसीलाई चार नम्बर बुँदामा राखिएको छ भने ५ नम्बरमा विविध छ । खासगरी नेकपामा एमसीसीबारे चर्को विवाद छ । एमसीसीको मुल सम्झौता संशोधन नगरी स्वीकार गर्न नहुने पार्टी कार्यदलले सुझाव प्रतिवेदन बुझाइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ