शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो

बुधबार, १० असार २०७७, ०७ : ५८
बुधबार, १० असार २०७७

कैलाली । मंगलबार थप ११७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ६८ र सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परीक्षण बाट ४९ जनामा पुष्टि भएको हो । यसअघि नै १७६ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुष्टि भएका मध्ये कैलालीका ४४ पुरुष र १८ महिला, कञ्चनपुरका ८ पुरुष र २ महिला, अछामका ३ महिला रहेका छन् । त्यसैगरी डडेल्धुराका १ पुरुष, बाजुराका १० पुरुष र ११ महिला तथा बझाङ्गका १७ पुरुष र ३ महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो ।

प्रदेशमा हालसम्म ११ हजार ६०९ जनाको पीसीआर जाँच गरिएको छ । जसमध्ये १० हजार ३४८ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।  अछाममा  ७०, बैतडीमा १७२ , बझाङ्गमा ४०, बाजुरामा ९१, डडेल्धुरामा २०६, दार्चुलामा १३, डोटीमा १४२, कैलाली ४१०, कंचनपुर ११७ गरी १२६१ जना  संक्रमित रहेका छन् आरडिटी बिधिवाट ९९४२३ जनामा परिक्षण गरेको छ । क्वारेन्टिनमा २२ हजार ५१५ पुरुष र ५ हजार ५४०  महिला रहेको उनले बताए । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद २९ र संक्रमित १३४ रहेका छन् ।


सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ३८, महाकालीमा १४, अछाममा १०,  बझाङ्गमा १, डोटीमा ३, बाजुरामा १, डडेल्धुरा ३४,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

सामाजिक बिकास मन्त्रालयले कोभिड १९ को रोकथाम ब्यबस्थापनका लागी ५ निर्णय गरेको छ ।

१. नर्स ७ जना, अनमी ४०, अहेब २५, ल्याबक असिस्टेन्ट ५ जना स्वयम सेबकको रुपमा छनोट गरेको छ ।

२. सेती प्रादेशिक अस्पतालका लागी मेडिकल अफिसर २ र स्टाफ नर्स ३० जना नियुतm गरेको छ ।

३. महाकाली अस्पतालमा मेडिकल अफिसर १ जना पठाइएको र थप १ जना पठाउने क्ममा रहेको निर्णय पनि गरेको सामाजिक विकासमन्त्री कृष्ण राज सुबेदी ले जानकारी दिए ।

४. भजनी प्राथामिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर १ जना पठाइएको ।

५. सरोकारवालाहरुको बैठक बसेर कोभिड–१९ को रोकथाम, उपचार तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धताको साथै प्रदेशमा आइसोलेसन सेन्टरको संख्या वृद्ध्रि गरि व्यवस्थित गर्ने र आइसोलेसन सेन्टर व्यवस्थापन सम्बन्धी निर्देशिकासमेत तयार गर्ने समेतको निर्णय भएको मन्त्री सुबेदीले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप