मेक्सिकोमा शक्तिशाली भूकम्प गयो
मङ्गलबार, ०९ असार २०७७, २३ : १५

एजेन्सी । मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओक्साका राज्यमा गएको सो भूकम्पको क्षति विवरण भने आइसकेको छैन । अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ । भूकम्प यति तिव्र गतिमा गएको थियो कि भवनहरु तिव्र गतिमा हल्लिएका थिए भने हज्जारौं मानिसहरु घर बाहिर निस्किएका थिए ।
भूकम्पको केन्द्रबिन्दु ओक्साका छेउको प्रशान्त महासागरको तटमा परेको जनाइएको छ । यसअघि सन् २०१७ मा पनि त्यहाँ २ पटक भूकम्प गएको थियो । त्यसबेला सेप्टम्बर ८ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परे र १५० जनाको ज्यान गएको थियो । सोही वर्ष दोश्रो पटक सेप्टेम्बर २० मा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ५ सयभन्दा बढीको ज्यान गएको थियो । त्यसबेला भने जताततै विनाशका दृष्यहरु देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह को हुन् ?
-
‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’
-
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
-
प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक
-
संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल