शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एउटी सुन्दर परी

मङ्गलबार, ०९ असार २०७७, २२ : ५९
मङ्गलबार, ०९ असार २०७७

 

 

सुन्दर थिइन् उनी अति सुन्दर,
रुपकी रानी,
थोरै शृङ्गारले पनि उनी
जगमगाएको देख्छु
मुसुक्क हाँस्छिन् उनी
उनको मुस्कानको त्यो जादु
हराएको देख्छु
एउटी सुन्दर परी सुस्ताएको देख्छु
उनको मोहनी नजर अस्ताएको देख्छु
हिजोसम्म उनको मुस्कानले जगमगाउने
त्यो अनुहार
आज ओइलाएको देख्छु
थपिएको छ काधमा अझै बोझ एउटा
त्यसैले उनलाई उदास उदास देख्छु 
संसारसँग लड्ने सहास छँदैछ उनमा
तर अनाहकमा पाएको चोटसँग बर्बराएको देख्छु 
एउटी सुन्दर परी सुस्ताएको देख्छु
उनको मोहनी नजर अस्ताएको देख्छु
उनलाई मनपर्ने रातो रङ्गबिना,
ऐना हेर्न पनि 
हिचकिचाएको देख्छु
कहीँ कतै झुक्किएर नजर परिहाले पनि 
आफैसँग उनी डराएको देख्छु
बोलाए कसैले उनलाई भने 
एकै शब्दमा कुरा टुङ्ग्याएको देख्छु 
सानो छँदा आमाले लागाइदिएको 
टिकी र चुरासँग 
आगाध सामीप्यता देख्छु
सधैँ रातै मनपराउने उनी
निला र हरिया रङ्ग नसुहाएको देख्छु
उनका भरिएका नजरलाई
मुस्कानको आडमा लुकाएको देख्छु
एउटी सुन्दर परी सुस्ताएको देख्छु
उनको मोहनी नजर अस्ताएको देख्छु ।

अम्बिका न्यौपाने 
मकवानपुर, हेटौँडा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा