शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँकेमा गुडिरहेको कार रुखमा ठोक्कियो, २ जनाको मृत्यु

मङ्गलबार, ०९ असार २०७७, १९ : ४६
मङ्गलबार, ०९ असार २०७७

बुटवल । बाँकेमा भएको कार दुर्घटनामा परि आज दिउँसो २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सिक्टामा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रुखमा ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

दुर्घटनामा चितवनको भरतपुुर महानगरपालिका वडा नं. १२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का २२ व र्षीय क्षितिजराज कँुवरको मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए । कारमा २ जना मात्रै सवार रहेको र अन्यको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप