एमसीसी इस्ट इण्डिया कम्पनीको आधुनिक रुप हो : नेता पोख्रेल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीति (आईपीएस) को अभिन्न अंग भएकाले यसको खारेजी गर्नुपर्ने बताएका छन् । एमसीसी परियोजना लागु भएमा नेपालको संविधानलाई नै निष्क्रिय बनाउने भएकोले यसलाई खारेज गर्नु पर्ने उनले बताएका हुन् ।
त्यस्तै अमेरिकी अनुदान सहयोग एमसीसी नयाँ इष्ट इण्डिया कम्पनीको नयाँ (आधुनिक) रुप भएको पनि दाबी गरे । उनले भने, हिजो जसरी ब्रिटिसहरुले भारतमा ३०० बर्ष शासन गरे त्यसरी नै एमसीसीले पनि नेपाललाई उपनिबेश बनाउने छ ।
यसका दफा २.८ मा कुनै पनि विदेशी कर्मचारीहरुलाई कर नलाग्ने, दफा ३.२ (च) मा एमसीसी परियोजनाको सम्पुर्ण बौद्धिक सम्पत्ति अमेरिकाको हुने, परियोजना निर्माण पछिको सक्कली डकुमेण्ट अमेरिकालाई बुझाउनु पर्ने, लेखा रिपोर्ट नेपालले गर्न नपाउने, त्यस्तै एमसीसीको प्रावधानमा अमेरिकी सुरक्षा नीति र सुरक्षा नीतिको प्रतिकुल भएमा परियोना खारेज हुने, अमेरिकी हित विपरित भए स्वतः खारेज हुने, परियोजनाको बुँदासँग नेपालको कानुन बाँझिएमा नेपालको कानुन खारेज हुनेजस्ता प्रावधानले एमसीसी राष्ट्रहित विपरित छ ।
त्यस्तै एमसीसीले नेपाललाई अमेरिकी सैन्य गुटको भासमा फसाउने नेता पोखरेलले बताए । त्यस्तै अनुसुचीमा नेपालको प्रशासन सुधार (नेपाल विद्युत् प्राधिकरण) गर्ने जस्ता कुरा नेपालको सार्वभौमिकता विरोधी भएको बताए । अर्को प्रशंगमा अमेरिकाले नेपालको भूराजनीतिक महत्त्वको प्रयोग गरेर चीन द्देर्न खोजेको बताए । अहिलेको विश्व आर्थिक राजनीतिको केन्द्र एसिया भएकाले अमेरिकाले चीनका विरुद्ध विभिन्न षड्यन्त्र रचेर एमसीसी नेपालमा थोपर्न खोजेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले विवादित एमसीसी पास गर्न नेपाली काँग्रेसलाई भन्दा प्रधानमन्त्री केपी ओलीलाई बढी हतारो भएको बताए । नेता खतिवडाले कोरोना संकट र भ्रष्टाचारलाई विषयान्तर गर्न एमसीसीलाई अगाडी स्वयम सरकारले ल्याएको आरोपसमेत लगाउँदै भने, ‘काँग्रेसको पालामा आएको परियोजना भएकोले नेपाली काँग्रेसले समर्थन गरेको हो, यदि राष्ट्रिय हित विपरित छ भने पास किन गर्नु पर्यो र, सरकारले नै खारेज गरे भइगो नि ।’
त्यस्तै उनले प्रधानमन्त्री ओली चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट व्युरो सदस्य बनेको आरोप लगाए ।
त्यस्तै नेकपा माओवादीका महासचिव कर्णजित बुढाथोकीले केपी ओलीलाई कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने चेतना नभएको र जनदबाबका कारण ओली नक्सा जारी गर्नु पर्ने अवस्थामा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण