शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा ३३ हेक्टर जग्गा र रुई गाउँ कब्जाबारे काँग्रेसले माग्यो सरकारसँग जवाफ

मङ्गलबार, ०९ असार २०७७, १६ : ०३
मङ्गलबार, ०९ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमाथि चीनलेको गतिविधिबारे सरकारको जवाफ माग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको बताएका हुन् ।

उनले लेखेका छन्, 'हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि  हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो ।'

प्रतिनिधिसभाको मंगलबारको बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले  चिनियाँ कम्युनिस्ट पार्टीका नेताले सत्तारुढ नेकपालाई प्रशिक्षण दिएकोमा आपत्ति जनाएका थिए । पछिल्लो समय चीनियाँ कम्युनिस्ट नेताहरू नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यसतर्फ गम्भीर बन्न नेकपाको ध्यानाकर्षण गराएका थिए ।

सोमबार काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्र नारायण देवले कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्ने भने पनि सरकार चीनतर्फ ढल्काएको आरोप लगाएका थिए । नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने सत्तारुढ नेकपाको सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका थिए ।

समितिबाट नागरिकता विधेयक पारित भएपछि निधिले वर्षौंदेखि कानुन सम्मत ढङ्गले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानुन सामाजिक, सांस्कृतिक राजनीतिक र संवैधानिक व्यवस्थाविपरीत भएको बताएका थिए । नेकपाको निर्णयको विपक्षीमा उभिएको काँग्रेसले चीनसँगको सरकारको सम्बन्धबारे जवाफ मागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप