शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दमका रोगीले जिते कोरोना

मङ्गलबार, ०९ असार २०७७, १५ : ५७
मङ्गलबार, ०९ असार २०७७

नारायणपुर । कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन् । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्किएका हुन् । 

गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उनीसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उनी कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका थिए । ‘कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप