शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको औषधी दाबी गर्दै भारतमा बन्यो ‘फाबिफ्लु’

‘गेमचेन्जर’ भनेर अहिले नै दाबी गर्न नसकिने विज्ञको भनाइ
मङ्गलबार, ०९ असार २०७७, १४ : १७
मङ्गलबार, ०९ असार २०७७

हल्का र मध्यम खाले कोराना संक्रमित बिरामीको उपचारका लागि ग्लेनमार्क फर्माक्युटिकल्सले ‘फाबिफ्लु’ (Favipiravir) नामक एन्टिभाइरल औषधी बजारमा ल्याएको छ । कोभीड–१९ विरुद्ध लड्नका लागि भारतमा पहिलोपटक तयार भएको यस औषधीको बजार मुल्य  १ सय ३ भारु प्रति चक्की राखिएको छ ।

ग्लेनमार्क फर्माक्युटिकल्सका अनुसार २ सय एमजी ट्याबलेटमा यो औषधी उपलब्ध हुनेछ र ३४ वटा ट्याबलेटसहितको स्ट्रिपको अधिकतम मुल्य ३५ सय भारु पर्नेछ । कोभीड–१९ को उपचारका लागि सरकारबाट स्विकृतिप्राप्त यो पहिलो भारतीय औषधी हो ।

कम्पनीका अनुसार फाबी फ्लु डाक्टरको प्रेस्किप्सनअनुसार प्रयोग गर्नुपर्ने औषधी हो । जसअनुसार पहिलो दिनमा १८ सय एमजीको डोज दुई पटक र त्यसपछि १४ दिनसम्म निरन्तर ८ सय एमजी डोज दैनिक दुईपटक प्रयोग गर्नुपर्नेछ ।

‘हरेक बिरामीलाई न्युनतम दुई स्ट्रिप्सको हिसाब गरेर झन्डै ८२ हजार ५ सय बिरामीका लागि पहिलो महिनामा फाबीफ्लु उपलब्ध गराउन ग्लेनमार्क सफल हुनेछ,’ आफ्नो उत्पादन क्षमताबारे कम्पनीले भनेको छ, ‘हामी बदलिदोँ अवस्थालाई नजिकबाट निगरानी गर्नेछौँ, हामी देशको स्वास्थ आवश्यकतालाई पूरा गर्नेगरी काम गर्नेछौं ।’

‘कम्पनीले औषधी आपुर्तिका लागि अस्पताहरुसँग सहकार्य गर्छ ?,’ भनेर सोधिएको प्रश्नमा मुम्बईमा रहेको यस कम्पनीले भनेको छ,‘हाम्रो अहिलेको प्रयास आवश्यकता परेका सबै बिरामीका लागि उपलब्ध फाबिफ्लु उपलब्ध गराउनेगरी उत्पादनलाई प्राथमिकतामा राख्नु हो ।’

शुक्रबार यस कम्पनीले औषधीको उत्पादन र बजारीकरणका लागि भारतको औषधी नियन्त्रण विभाग (डिसीजिआई) बाट स्वीकृति पाएको थियो ।

एशियाली देशमध्ये भारत कोरोनाबाट सर्वाधिक प्रभावित छ । यहाँ ४ लाख ४० हजारभन्दा धेरैमा संक्रमण देखिएको छ र १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा सर्वाधिक ठूलो जनसंख्यामा कोरोना संक्रमण देखिने देशको सुचीमा अमेरिका, ब्राजिल र रुसपछि भारत आउँछ ।

के भन्छन् विज्ञहरु ?

सेन्टर फर कम्युनिटी मेडिसिन, एआईआईएमएस दिल्लीका प्रोफेसर डाक्टर सञ्जय राय अहिलेसम्म कोरोनाभाइरसविरुद्ध लड्ने प्रभावकारी औषधी नभटिएको बताउँछन् । ‘अहिलेसम्म हामीसँग यो प्रमाण छैन कि कुनै विशेष औषधी प्रभावकारी हुन्छ । त्यसैले हामीले कसैलाई गेम चेन्जर मान्न सक्दैनौं । भविष्यमा मात्रै थाहा हुन्छ कि ती औषधी कति प्रभावकारी हुनेछन् । यी औषधी कोभीड–१९ उपचारमा सहयोगी हुन्छन् भन्ने विषय पनि अहिलेसम्म थाहा छैन,’ उनले पिटिआईसँग भनेका छन् ।

फोर्टिस अस्पतालस्थित पुल्मोनोलोजी एन्ड स्लिप डिअर्डर विभागका निर्देशक डाक्टर विकास मौर्याले रेम्डीसीभिर र फाबीपिराभिरजस्ता औषधी ‘गेम चेन्जर्स’ नरहेको बताए । ती औषधी अन्य रोगका लागि प्रयोग भएका थिए र अहिले केही रुपमा कोभीड–१९ बिरामीको उपचारमा प्रयोगमा आएका छन् । ‘यो होइन कि यस्ता औषधी लिने सबै निको हुन्छन्,’ उनले पिटिआईसँग भनेका छन्, ‘यस्तो देखिएको छ कि यी औषधीले भाइरल लोड कम गर्न सहयोग गरेका छन्, तर गेम चेन्जर्स होइनन् । तर पक्कै पनि यो सकारात्मक विकास भने हो किनकी केही नहुनुभन्दा केही हुनु राम्रो हो । त्यस्तै, केही औषधी दिइएको छ भन्ने मनावैज्ञानिक प्रभाव पनि पर्छ, जसका केही फाइदा हुनसक्छन् ।’

स्रोत : डीएनएएनडीटीभी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप