सर्वसाधारणको सेयर लगानी भएको कम्पनीमा हुने भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गर्ने

पब्लिक लिमिटेड कम्पनीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने भएको छ ।
पब्लिक लिमिटेड कम्पनीमा आम जनताको लगानी रहने गरेको छ । यसअघि सरकारको लगानी वा अनुदान पाएका पब्लिक कम्पनीहरुमा अनुसन्धान गर्न अधिकार पाएकोमा नयाँ विधेयकले सर्वसाधारणको सेयर लगानी भएका पब्लिक कम्पनीलाई पनि अख्तियारको दायरामा ल्याउन खोजेको हो ।
नेपाल स्टक एक्सचेन्जबाट सूचीकृत भएका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्यत, व्यापार र उत्पादनमुलक उद्योगमा आवश्यक परेको खण्डमा अख्तियारले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न पाउने बाटो विधेयकले खुला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विधायन समितिबाट पारित भइसकेको छ । सो विधेयक राष्ट्रियसभामा विचाराधीन छ ।
विधेयकमा सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनीलाई सार्वजनिक संस्थाको रुपमा ब्याख्या गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक