चीनसँगको सम्झौतामाथि भारतको प्रतिक्रियामा बंगलादेश रुष्ट

बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमिनले चीनसँग भएको सन्धिमा भारतको धारणाको आलोचना गरेका छन् ।
द हिन्दुमा छापिएको एक रिपोर्टमा जुलाईदेखि लागू हुने यो सम्झौता उल्लेख गरिएको छ जसअनुसार चीनले ९७ प्रतिशत बंगलादेशी उत्पादनमा शुल्क लगाउने छैन ।
रिपोर्टका अनुसार बंगलादेशका विदेशमन्त्रीले चीनको यस्तो घोषणापश्चात् भारतको व्यक्त गरेको धारणाको आलोचना गर्दै भने, ‘भारतका जो विश्लेषकले चीन र बंगलादेशबीच भएको यो सम्झौतालाई ‘एक अल्पविकसित देश बंगलादेशका लागि चीनको च्यारिटी’ बताइरहेका छन्, वास्तवमा यस्तो भनेर उनीहरुले आफ्नो तुच्छ मानसिकता दर्साएका छन् ।’
पछिल्ला दुई दिनमा बंगलादेशी विदेशमन्त्रीले भारतबारे कुनै बयान दिएको यो दोस्रो पटक हो ।
यसअघि भारतका केहि मिडिया प्रकाशनले चीनले यो सम्झौताको माध्यमले बंगलादेशलाई आफ्नो गर्ने कोसिस गरिरहेको भन्ने समाचार प्रकाशित हुँदा मोमिनले भारतीय मिडियाले नैतिक पत्रकारिता ग्यागेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना