बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल ग्रोवरले भने, ‘ सलमान सरलाई माया र सम्मान गर्छुः ट्रोलर्सले लेखे, ‘यो सम्मान होइन, चाप्लुसी हो’

मङ्गलबार, ०९ असार २०७७, ०८ : ३३
मङ्गलबार, ०९ असार २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि सलमान खान ती बलिउड सेलिब्रिटीमा समावेश छन् जो लगातार प्रशंसकको निशानामा छन् । आत्महत्याअघि सुशान्तको मानसिक अवस्थालाई बलिउडमा उनीमाथि गरिएको कथित पक्षपातसँग जोडिएर हेरिएको छ र यसका लागि इन्डष्ट्रिमा नातावादको चलन र राजनीतिलाई जिम्मेवार मानिएको छ ।

इन्डष्ट्रिमा हुने यो राजनीतिक मुद्दालाई केहि अभिनेताले पनि उठान गरे । त्यसपछि सलमानलाई प्रतिबन्ध गर्नका लागि सोसल मिडियामा अभियान नै चल्यो । दबंगका निर्देशक अभिनव कश्यपको फेसबुक पोस्टपछि सलमानविरुद्ध घृणाको माहौल सघन भइसकेको छ । यो मामिलमा जतिले सलमानलाई समर्थन गरिरहेका छन्, उनीहरु पनि ट्रोलिङको शिकार भइरहेका छन् ।


सुनिल ग्रोवर यो ट्रोलिङका ताजा शिकार हुन् जसलाई सलमानको समर्थनमा केहि शब्द लेखिएका कारण ट्रोल गरिँदैछ । आइतबार सुनिलले ट्वीटरमा लेखे, ‘म सलमान सरलाई प्रेम र इज्जत गर्छु ।’

सुनिलको यस्तो ट्वीट पछि उनको ट्रोलिङ सुरु भयो । प्रयोगकर्ताले सुनिलको यो सम्मानलाई चाप्लुसी बताउँदै उनलाई समेत बहिष्कार गर्ने चेतावनी दिए ।

यद्यपि, कतिले सुनिलको पक्ष पनि लिए । नायक तथा फिल्म निर्माता निखिल द्विेदीले ट्रोलरलाई जवाफ दिए । एक प्रयोगकर्ताले ‘सुनिलसँग योभन्दा अर्को के विकल्प छ र ?’ भनेर दिएको प्रतिक्रियामा निखिलले लेखे, ‘धेरै विकल्प छन् । सलमान खानले उनलाई बनाएका होइनन् । टिभीका सबैभन्दा धेरै कमाई गर्ने कलाकारमध्ये एक हुन् सुनिल, उनी आफैंले यस्तो सफलता हासिल गरेका हुन् । उनले सलमानको फिल्ममा अभिनय गरेपछि घर–घरमा पहिचान पाएका होइनन् । उनी अहिले मात्रै सलमानका साथी भएका हुन् । एउटा साथी, आफ्नो साथीका लागि त्यतिबेला खडा हुन्छन् जब उनीहरुलाई लाग्छ कि आरोपमा कुनै वास्तविकता छैन ।

अर्का प्रयोगकर्ताले लेखेको ‘बलिउडमा बाँच्नका लागि सलमानको साथी बन्न आवश्यक छ’ भन्ने प्रतिक्रियामा निखिलले लेखे, ‘रणवीर सिंह, कार्तिक आर्यन, जोन अब्राहम, राज कुमार राव, आयुष्मान खुराना, विक्की कौशल, शाहिख कपुर केहि यस्ता नाम हुन् जो न त सलमानका साथी हुन् न नै उनका प्रशंसक । उनीहरु यहाँ बाँचेका मात्रै छैनन्, उत्कृष्ट काम पनि गरिरहेका छन् । तपाईंको आरोप गलत मात्रै होइन, पक्षपातपूर्ण पनि छन् ।’

अर्का एक प्रयोगकर्ताको जवाफमा निखिलले लेखे, ‘सोनू अहिले पनि सबैभन्दा सफल गायक मध्येका एक हुन् । अरिजित सिंह, जसबारे भनिएको छ कि सलमान खानले उनलाई मन पराउँदैनन् । त्यो भए के भयो ? सलमानले अरिजितलाई बर्बाद गर्न सकेनन् । सोनू, उदित, शानू र अभिजीत समय आएपछि बाहिरिए । मानिसहरुको रुची परिवर्तन भयो । उनीहरुलाई आज पनि महान मानिन्छ । तर दर्शक परिवर्तन हुन्छन् ।’

सुनिल ग्रोवरले आफ्नो फिल्मी करियरको सुरुवात अजय देवगनको फिल्म ‘प्यार तो होना ही था’ बाट गरेका थिए जबकी टिभीमा उनले आफ्नो करियर सन् १९९५ मा दुरदर्शनको शो फूल टेन्सनबाट सुरु गरेका थिए । सुनिल ग्रोवरले सलमानसँग ‘भारत’ मा उनको साथीको भूमिका निभाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप