उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने

काठमाडौं – सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।
‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ ।
चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए ।
चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ । निर्देशक नेपालले भने, “साउनभित्र परामर्शदाता कम्पनीसँग सम्झौता भइसक्छ ।”
उनका अनुसार सम्झौता भएको छ महिनाभित्र चक्रपथको सो क्षेत्रमा सर्वे र डिजाइनको काम सम्पन्न भई ड्राफ्ट रिपोर्ट प्राप्त भइसक्नेछ । ड्राफ्ट रिपोर्टमा देखिएको कमीकमजोरी सुधार गरी एक महिनाभित्र अन्तिम प्रतिवेदन परामर्शदाता चयनका लागि सडक विभागले गएको फागुनमा बोलपत्र आह्वान गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन
-
बल्ल कार्यान्वयन आयो ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय’ कार्यक्रम
-
अलपत्र पर्यो सरकारले ल्याएको अध्यादेश, सत्तारुढ दलको निर्णय नै कार्यान्वयन भएन
-
प्रकृति लम्साल मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्न एकीकृत समाजवादीको माग