शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानले घरमै बसेर परीक्षण गर्न सकिने कोरोना विधि विकास गर्‍यो

सोमबार, ०८ असार २०७७, २३ : ५३
सोमबार, ०८ असार २०७७

एजेन्सी । जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गरेको छ । नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने उक्त विधिबाट अब धेरै मानिसहरुले घरमै बसेर कोरोना परीक्षण गर्न सक्नेछन् ।  जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले उक्त विधि विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै नतिजा प्राप्त हुने जनाइएको छ ।

जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ । बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेको बीबीसीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप