शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक मनाङे भन्छन्- अब खेलुकद समिति पाए जान्छु नत्र जान्न्

सोमबार, ०८ असार २०७७, १९ : ०४
सोमबार, ०८ असार २०७७

पोखरा । गण्डकी प्रदेशसभाका लागि मनाङबाट निर्वाचित सदस्य दीपक मनाङेले अर्थ तथा विकास समितिबाट राजीनामा दिएपछि यतिबेला व्यापक चासो बढेको छ । सांसद मनाङले अर्थ तथा विकास समितिबाट लाज लागेर राजीनामा दिएको टिप्पणी गरेपछि विशेष चासो बढेको हो । 

राजनीतिक विश्लेषक तथा साहित्यकार खगेन्द्र संग्रौलाले त ट्विटरमा यस्तोसम्म लेख्न भ्याएका छन्, ‘गण्डकी प्रदेशको संसदीय समितिमा कुनै सार्थक काम र इज्जतदार दायित्व नदेखेर भत्ता खानकै लागि समितिमा बसिरहन दीपक मनाङेलाई लाज लागेछ । कमरेड दीपकलाई समेत लाज लाग्ने समितिमा बसिरहने अन्य गन्यमान्यहरू कति लज्जाशून्य होलान्, सोच्दैमा लाज लाग्छ !’

समितिको कुनै औचित्य नभएको हुनाले राजीनामा दिएको सांसद मनाङेले स्पष्टिकरण दिएका छन् । सांसद मनाङेले अर्थ तथा विकास समितिबाट राजीनामा दिए पनि कुनै एउटा समितिमा भने प्रदेशसभा नियमअनुसार बस्नुपर्ने हुन्छ । यसबारे समितिका सभापति दीपक कोइरालाले समितिको काम कारबाहीबारे नबुझेर राजीनामा दिएको बताएका छन् । उनकाअनुसार समितिले छानबिन गरेर प्रतिवदन बुझाउने हो । फिल्डमै कारबाहीमा उत्रिने होइन् ।
अर्थ तथा विकास समितिबाट राजीनामा दिनुको कारण के ? सभामा अबको जिम्मेवारी के रहन्छ ? यिनै विषयमा राटोपाटीले सांसद दीपक मनाङेसँग कुराकानी गरेको छ । 

केही गर्न नसकेर राजीनामा दिएँ 

टेलिफोन वार्तालापमा उनले केही गर्छु भनर राजनीतिमा आएपनि केही गर्न नसकेको हुँदा राजीनामा दिएको बताएका छन् । ‘छाँटकाँट गर्ने काम नगर्नुस् । तपाईंहरुको पनि इथिक्सको कुरा हुन्छ । सबैभन्दा ठूला कुरा इथिक्स हो,’ उनले भने, ‘काम गर्न केही पनि सकिनँ मैले । म केही गर्छु भनेर राजनीतिमा आएको हो ।’

नेपालको राजनीतिमा कोही पनि राम्रो मान्छे नआएको उनको जिकिर छ । ‘नोट गर्नुस्, मास्टर्स डिग्री गरेको मान्छे कोही पनि आउँदैन । सडक छाप गुण्डाहरु आउने ठाउँ हो । तर, म राम्रो व्यापार गरिरहेको मान्छे केही सुधार गर्न सक्छुकि भनेर आएको हो । तर मैले केही नसकेपछि राजनीमा द्या हो ।’ 

गण्डकी प्रदेशमा सबैभन्दा बढी खेलकुदमा भ्रष्टाचार भएको उनको दाबी छ । यदि कुनै समितिमा बस्नु परे खेलकुदमा बाहेक अरु कुनै समितिमा नबस्ने उनले सुनाए । ‘अगर म गएँ भने खेलकुदमा जान चाहन्छु । खेलकुदमा प्रदेशको सदस्य सचिव बन्दै छ । ठूल–ठुला मान्छेले लबिङ गरेको,’ उनले भने । समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम जोडिएको उनको दाबी छ । प्रधानमन्त्री केपी शर्माले ओलीले देश सकाउन लागेको समेत उनले आरोप लगाए । 

खेलाडीहरुले २ महिनादेखि ट्रेनिङ गरे पनि अध्यक्षहरुले ६ महिनाको बिल बनाएर पैसा लिने गरेको उनको आरोप छ । २ हप्ताको ट्रेनिङ गरेर खेलाडीले  गोल्डमेडल हात पार्न नसक्ने उनले सुनाए । ‘ट्रेनिङ नदिएर पैसा मात्रै खाएको छ । कोही गुरुङको नाममा खाछ, कोही दलितको नाममा, एकदमै ठूलो भ्रष्टाचार खेलकुदमा छ,’ उनले भने, ‘खेलकुदमा म आफैं जान पाए भने जान्छु, नत्र मलाई कुनै पद पनि चाहिँदैन । अन्यथा मुख्यमन्त्रीले लिए पनि लियोस्, अर्थमन्त्रीले लिए पनि लियोस् मलाई कुनै मतलब छैन ।’

राजनीति छोड्छुँ ! 
सांसद दीपक मनाङेले राजनीति छोड्नको लागि काठमाडौं आएको बताएका छन् । त्यसको लागि समाजको मिटिङ पनि राखेको उनले बताए । ‘राजनीति गरुँ कि नगरुँ ? गरौं भने यस्तो यस्तो समस्या आएको छ । जुन मैले फेस गरि राको छुँ,’ उनले भने, ‘मैले आफ्नो कुरा त राख्न पाउनुपर्यो नि । मैले गरेको त कोसिस हो । अरु त गर्न नै के सकिन्छ र ।’

राजनीतिमा कुनै दल विशेषले आफूलाई नजिताएको जिकिर गर्दै उनले मनाङबासीले आफूलाई चुनाव जिताएको उनले बताए । ‘मलाई कुनै पार्टीले जिताएको त होइन । मलाई त मनाङेले जिताएको हो । कुनै काँग्रेस र कम्युनिष्टले जिताएको होइन नि, म त स्वतन्त्र लडेको हो,’ उनले भने, ‘मैले मेरो समाजमा कुरा राखेँ । उहाँहरुले केही समय हेरौं । भएन भने हामी सबै मिलेर गरौंला भनेर भन्नुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप