सामसङको ग्यालेक्सी एस२० अल्ट्रा बजारमा, फोटोग्राफीको परिभाषालाई परिवर्तन गर्ने यस्ता छन् विशेषताहरु
काठमाडौं– नेपालमा विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधि सहितको सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन प्रस्तुत गरेको छ ।
कम्पनीले यो फोन आफ्नो एस२०/ एस२०प्लसको अपार सफलता एवं विश्वास पछि प्रस्तुत गरेको हो । यसमा कम्पनीले नयाँक्यामरा आर्किटेक्चर एआईलाई समावेश गरेको छ । सामसङको एआईमा भएको वृहत् इमेज सेन्सरले उच्चस्तरीय फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।
यसको साथै यस फोनले सहजएवं राम्रो तरिकाले-व्यक्तिगत संगीतको मनोरञ्जन, भिडियोहरुको जीवन्तता एवं अन-द-गोको अवस्थामा पनि विभिन्न खेलहरुको मज्जा लिन सकिन्छ ।
सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउनकै लागि सामसङले नयाँ जेनेरेसन डिभाइसहरु प्रस्तुत गरेको बताए । यसैको सिलसिलामा एआई प्रविधियुक्त क्यामरा प्रस्तुत गरेको र ग्यालेक्सी एस२० अल्ट्राले सहज एवं राम्रो तरिकाबाट आफ्ना प्रियजनहरुको जीवन्त अनुभवहरुलाई कैद गर्ने क्षमता प्रदान गरेको बताए ।
फोटो खिच्ने तरिकालाई परिवर्त गर्दै
स्मार्टफोनबाट अब फोटो खिच्नु भन्दा बढी, हामी हाम्रो जीवनका पलहरुलाई कैद गरी आत्मकथाका रुपमा प्रस्तुत गर्दछौं, नयाँ स्मार्टफोन किन्नुको प्रमुख कारण पनि यही हो । त्यसैले ग्यालेक्सी एस२० अल्ट्राको डिजाइन नयाँ क्यामरा सिस्टमको साथ गरिएको छ जसमा एआईको साथ अझै राम्रो इमेज सेन्सरको प्रयोग गरिएको छ । जसले गर्दा हरेक क्षणहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ ।
विस्तृत विवरण सहितको आश्चर्यजनक फोटो खिच्ने क्षमता
ग्यालेक्सी एस२० अल्ट्रामा भएको वृहत इमेज सेन्सरले उच्चतम रिजोलुसनको फोटो खिच्दछ । कुनै पनि फोटोलाई एडिट, क्रपिङ तथा जुमिङ गर्न थप सहजता प्रदान गर्दछ । यो स्मार्ट फोनमा १०८ मोगा पिक्सलको क्यामरा रहेको छ ।
यसमा भएको अर्को सुविधा भनेको वृहत् सेन्सर हो, यसले धेरै प्रकाश लिने गर्दछ, जसले गर्दा कम उज्यालको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको सेटअप फिचरले क्यामरालाई अधिकतम १०८ मेगापिक्सलको मोड र १२ मेगापिक्सलको मोडमा तय गर्ने सुविधा प्रदान गर्दछ । नोना–विनिङ प्रविधिको संयोजनले एक सेन्सर लेभलमा नौ पिक्सल राख्न सक्दछ ।
जुम क्षमता
ग्यालेक्सी एस२० अल्ट्राको स्पेस जुम प्रविधिले हाइब्रिड अप्टिक जुम तथा सुपर रिजोलुसन जुमलाई आत्मसाथ गरेको छ । जहाँ एआई पावर्ड डिजिटल जुमले जति नै टाढा रहेको अवस्थमा नजिकै ल्याई फोटो खिच्न सकिन्छ । यसमा फोल्डेड लेन्स राखिएको छ । जसबाट मल्टि इमेज प्रोसेसिङ गरी इमेजको गुणस्तरीयता कायम गरी जुम गर्न सकिन्छ । यसबाट १००ह को जुम गरी सफा फोटो खिच्न सकिन्छ ।
सिंगल टेक
क्यामराबाट लिइएको एउटै टेकलाई विभिन्न प्रकारमा लिन सकिन्छ । यसको क्यामरामा भएको एआई प्रविधिले विभिन्न संख्यामा फोटो तथा भिडियोहरु खिच्छद । जस्तैःयसबाट लाभइ फोकस, कर्पड्, अल्ट्रा वाइड तथा अन्य धेरै उत्कृष्ट प्रकारहरुमा आफ्ना क्षणहरु कैद गर्न सकिन्छ ।
उच्चस्तरीय फिल्मिङ क्षमता
ग्यालेक्सी एस२० अल्ट्राले ८के भिडियो खिच्ने क्षमता राख्दछ, यसले गर्दा प्रयोगकर्ताले उच्चस्तरीय एवं प्राकृतिक संसारलाई जस्ताको तस्तै कैद गर्न सक्नुहुन्छ । आफूले भिडियो खिचि सकेपछि त्यसलाई सामसङको क्यूएलईडी ८केमा उच्चस्तरीय अनुभवका साथ हेर्न सकिन्छ र त्यहाँबाट हाइरेज फोटोमा परिवर्तन गर्न पनि सकिन्छ ।
यसमा भएको एआई मोसन एनालाइसिस सुपर स्टेडी तथा एन्टि रोलिङ स्टेविलाइजेशजले एक्सन क्यामले खिचेको जस्तै गरी खिच्न सकिन्छ ।
फोनमा सहज एवं उत्कृष्ट रुपमा सोचेभन्दा धेरै गर्न सकिन्छ । यसमा भएका विभिन्न फिचरहरु तथा अन्य विभिन्न सेवा प्रदायकहरुसँग गरिएको साझेंदारीका कारण अझै बढी सुविधा प्राप्त गर्न सकिन्छ । यो फोन आज कसरी फोनको प्रयोग गर्ने भन्न ग्राहकहरुको लागि निर्माण गरिएको हो ।
युट्यूव ८के
भिडियोको लागि सामसङले युट्यूवसँग सहकार्य गरेको छ । यसबाट आफ्नो भिडियोहरु संसार सामु सहजै सेयर गर्न सकिनेछ । मोबाइलमा खिचेका भिडियोहरु सोझै युट्यूवमा अपलोड गर्न सकिने छ ।
गेमिङ्ग
यसमा नयाँ जमानाको गेमिङ्गको मज्जा लिन सकिन्छ । यसको १२०Hz डिस्प्लेले कुनै पनि गेम खेल्दा स्मुथ गेमिङ्गको मज्जा दिन्छ । फोनमा भएको फास्ट प्रोसेसर, १२ जिवी ¥याम, एकेजी अडियो तथा गेम बुस्टर जस्ता विशेषताले फोन चलाउनुको वेग्लै अनुभव प्रदान गर्दछ ।
मूल्य
सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन जुन २३ देखि नेपालका सामसङ ब्राण्ड स्टोरहरुमा विक्री हुनेछ । यो फोनको नेपाली बजारमा मूल्य रु. एक लाख ५९ हजार नौं सय ९९ तय भएको छ । यो फोन सेट विभिन्न दुई कलर कस्मिक ब्लयाक तथा कस्मिक ग्रेमा उपलब्ध हुनेछ ।
ग्यालेक्सी एस२० अल्ट्राको खरिदमा ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बडस् प्लस प्राप्त गर्न सकिनेछ । इउमआईको सुविधा, १ वर्षसम्मको ब्रेकेज इन्स्योरेन्स तथा एक्स्चेञ्ज सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस
-
व्यवसायी लामालाई आक्रमण गर्ने पाँचौँ आरोपी पक्राउ
-
अख्तियारलाई हर्क सापाङले फर्काए पत्र, यस्तो छ जवाफ
-
राष्ट्रिय परिचयपत्र विवाद : बहस सकियो, फैसलाको पर्खाइ
-
प्रधानमन्त्री ओलीले लिए खानेपानी मन्त्रालयको ब्रिफिङ
-
‘मायावी’को पोस्टरमा दीपिकासँग पलको प्रेम र पीडा