शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटाको उपमहासचिवमा गजुरेल निर्वाचित

सोमबार, ०८ असार २०७७, १६ : २०
सोमबार, ०८ असार २०७७

काठमाडौं । बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा) को सहमहासचिवमा नेपालका आशिष गजुरेल निर्वाचित भएका छन् । ब्रिटाको हालै सम्पन्न साधारणसभा तथा निर्वाचनबाट नेपालको यातायात तथा ट्राफिक व्यवस्थापनको क्षेत्रमा पैरवी गर्दै आएका गजुरेल उक्त पदमा निर्वाचित गरेको हो । 

श्रव्य दृश्यका माध्यमबाट भएको साधारणसभामा स्वीजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाललगायतका देशका प्रतिनिधि सहभागी थिए । विश्वका पाँच दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनीयरिङ तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी सङ्घसङ्गठनहरु ब्रिटामा आबद्ध छन् । 

सो साधारणसभामा नेपालका तर्फबाट नासा फाउण्डेशन नेपालका संयोजक तथा पर्वतीय खेलकुद महासङ्घ–नेपालका अध्यक्ष गोविन्द भट्टराईकोसमेत सहभागिता थियो । नेपालबाट नासा फाउण्डेशन सदस्य रहेको सो एलायन्समा गजुरेलले ‘कन्ट्री रिपोर्ट’ प्रस्तुत गरेका थिए । गजुरेलले सरकारले बेल्ट एण्ड रोड परियोजनामा २०१५ मै हस्ताक्षर गरिसकेको र यो परियोजनाअन्तर्गत नेपालले ट्रान्स—हिमालयन करिडोर परियोजना अगाडि सारेको जानकारी दिँए । 

साधारणसभामा बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्सअन्तर्गत नेपालमा अन्तर्राष्ट्रियस्तरको ट्रान्सपोर्ट एण्ड अटोमोवाइल इन्स्टिच्युट स्थापना गर्ने र हरेक वर्ष एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । अलायन्सको साधारणसभा चीनमा नै हुने गरेको छ । गजुरेलले नेपालमा बेल्ट एड रोड परियोजनाअन्तर्गत सरकारले छनौट गरेको परियोजनामा सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप