शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट थप एक सय ६५ नेपाली स्वदेश फर्किए

सोमबार, ०८ असार २०७७, १४ : ३६
सोमबार, ०८ असार २०७७

युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।

एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय आज बिहान ११:१५ बजे एक सय ६५ जना स्वदेश फर्किएका हुन्।

फर्कनेहरुमा ३१ महिला र १ सय ३४ जना पुरुष रहेको नेपाली दूतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्त्ता रीता धितालले रातोपाटीलाई बताइईन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,जागीर गुमेका पीडितहरु छन्।उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। 

आजको उडानमा टिकट लिएर पनि विमानस्थल नआएका ३ जना नेपाल फर्किन पाएनन्। एयरलाइन्सका अनुसार १ सय ६८ जनाले नेपाल फर्किन टिकट लिएका थिए । टिकट काटेर पनि विमानस्थल नपुगेपछि एयरलाइन्स र दूतावासका प्रतिनिधिले सम्पर्कको प्रयास गरेको, तर सम्पर्क नभएपछि अन्तिम समयमा ३ वटा सिट खाली राखेर जहाज उडेको हो ।

टिकट लिएर विमानस्थल नपुग्नेहरुमा रामकुमार बुढा,भोलन लोप्चन र भूमि मगर रहेको एयर अरबियाले जनाएको छ। लकडाउनका बीच एयर अरबियाको युएईबाट यो तेस्रो उडान हो।

उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका तृतीय सचिब राम विनय यादव,जनसम्पर्क अधिकृत(पीआरओ) इरफान आलम र बिष्णु पौडेल  विमानस्थल पुगेका थिए। साथै गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही र सदस्य सुजन सापकोटा पनि विमानस्थल पुगेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप