सरकारी अड्डाले भन्छ, ‘म मरिसके’
गुल्मी– मान्छे घरमै । जीवितै छ । साविकको गाविस कार्यालयभन्दा टाढाको व्यक्ति पनि होइन । गाविसबाट उनको घर नजिकै छ । गाउँ ठाउँमा अपरिचित पनि होइन । २०५४ सालको स्थानीय निर्वाचनका जनप्रतिनिधि नै हुन् । उसबेला नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । गाउँमा मात्र नभई अधिकांश जिल्लावासीले चिन्ने अनुहार हुन् । तर, तिनै चर्चित र जीवित व्यक्तिलाई सरकारी निकायले नै ज्यूँदै मृतक बनाइदिएको छ ।
तपाईंलाई अनौठो लाग्यो होला, जीवित व्यक्ति कसरी मृत भए ? कसको गल्तीले उनी मृतकको सूचीमा गए । अब यो विषय बुझौँ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको मतदाता नामावलीमा जजसलाई मृतक बनाइएको छ । उनी हुन रेसुङ्गा नगरपालिका–४, साविकको अर्खले गाविस–७ का ४९ वर्षका चन्द्रकान्त भण्डारी । जसलाई रेसुङ्गा नगरपालिका वडाले मृत सूचीमा राखेको छ । वडा नम्बर ४ का वडा सचिव शेषनारायण खनालको संयोजकत्वमा गठित मतदाता अनुगमन तथा अध्यावधि समन्वय समितिको २०७३ साल माघ ५ गतेको लिखित निर्णयले मृतक घोषणा गरिएको छ । यो निर्णय कार्यान्वयनका लागि मतदाताबाट नाम हटाउने सिफासिर जिल्ला निर्वाचन कार्यालयलाई गरिदिएको हो । यहीँबाट जीवित व्यक्ति मृत भए ।
०२४ असार ३ गते जन्मिएका भण्डारीको गुल्मीबाट बनाइएको नागरिकता नम्बर १२१९ रहेको छ । उनको मतदाता परिचय–पत्र नम्बर ०९३२७६६८ छ । उनले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मतदान गरेका थिए ।
गजबको कुरा त के छ भने त्यसका वडा सचिव खनालको संयोजकत्वमा गठित समितिले साविकको वडा नम्बर ७ हालको नगरपालिका–४ मा आज भन्दा ४ वर्षअघि मृत्यु भएकी कृष्ण कुमारी भण्डारीलाई हालसम्म मतदाता नामावलीमा जीवित राखेको छ । अर्थात हटाइएको छैन । जीवित व्यक्ति चेतकान्त भण्डारीलाई भने मृतक भनिएको छ ।
कसरी जीवित व्यक्तिलाई मृतक बनाइयो त ? यो कुरा भण्डारी आफैले चाहिँ कसरी थाहा पाए । रातोपाटीसँगको कुराकानीमा भण्डारीले भने– ‘म आफूलाई थाह थिएनँ । मेरा आफन्त एवं छिमिकी विष्णु पाण्डे दुबईमा थिए । उनले इन्टरनेटमा यस वडाको नामावली हेरेछन् । मेरो नामावली हटेको खबर गरे । अनि मात्रै मैले थाहा पाएँ र सम्बन्धित निकाएमा गएँ ।’
भण्डारी सुरुमा जिल्ला निर्वाचन कार्यलय गए । मौखिक उजरी दिए । तर, परिवारलाई तनाव हुन्छ भनेर सरकारी पक्षले आफूलाई मृतक बनाइएको खबर कसैलाई भनेन् । जब कसैले परिवारसम्म जानकारी दियो । तब उनकी श्रीमतीसहित परिवारका सदस्यमा अहिले रुवावासी सुरु भएको छ । हामी त्यो परिवारको घरमा पुग्दा उनकी श्रीमती पुतला जीवित श्रीमान हुँदा हँुदै आफूलाई सरकारी निकायल एकल महिला बनाएको भन्दै रोइरहेकी थिइन् ।
भण्डारीका छोरा तथा छोरीले पनि जीवित मान्छेलाई मृतक बनाउने वडा सचिव खनाललगायतका समितिका मानिसहरुलाई कारवाही हुनुपर्ने माग गरे ।
गाविस सचिवले कीर्ते गरे : समितिका सदस्यहरु
जिल्ला निर्वाचन कार्यालयमा निर्णय गरी पठाइएको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका त्यस वडाका राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवाला आफूहरुको हस्ताक्षर नभई गाविस सचिव खनालले कीर्ते हस्ताक्षर गरी त्यस्तो झुटो कार्य गरेको आरोप लगाएका छन् ।
चन्द्रकान्त भण्डारीलाई मृतक भनी निर्णय गरिएको पुस्तिकामा वडा सचिव भण्डारीबाहेक, शेषनारायण भण्डारी, वेदप्रसाद भण्डारी, छविलाल भण्डारी, तारा राना, त्यस वडाका संयोजक तथा एमालेबाट वडा अध्यक्षका उम्मेदवार विजय मरासनी, काङ्ग्रेसका प्रतिनिधिका रुपमा कृष्णप्रसाद गौतम, माओवादी केन्द्रका प्रतिनिधिका रुपमा प्रेम पन्थीलगायतको हस्ताक्षर छ ।
तर उनीहरुमध्ये कसैले पनि उक्त हस्ताक्षर आफूहरुले नगरेको र गाविस सचिव खनालले कीर्ते गरेर त्यस्तो नचाहिँदो काम गरेको बताएका छन् । कसले के षड्यन्त्रका साथ जीवित भण्डारीलाई मृतकको सूचीमा राख्न लगायो र किन आफूहरुले उक्त निर्णयमा हस्ताक्षर गर्दै नगरी कीर्ते गरेर पठाइयो ? भन्दै आज सोमबार दिउँसो गाविस सचिव खनालसँग तँ–तँ, म–म गरिरहेका थिए ।
उक्त मितिमा बसेको छानविन समितिले त्यस वडाका २५ जनालाई मृतकका सूचीमा राखेर मतदाता नामावलीबाट हटाएको छ । २५ जना त्यस वडाका मृतकहरुको सूचीमा ६ नम्बरमा भण्डारीलाई राखिएको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका पञ्जीकाधिकारी गोपाल पाण्डेले वडा सचिव खनालको बचाउ गर्दै उनी नयाँ भएको र समितिका अन्य सदस्यले जस्तो सिफासिस दिए त्यस्तै पठाउँदा यस्तो हुन गएको भन्दै दुःख व्यक्त गरे ।
वडा सचिव खनालले वडा सचिवको जिम्मेवारी सम्हालेको एक वर्ष पनि नपुगेको र स्थानीय व्यक्तिहरुका बारेमा आफूलाई केही जानकारी नभएको र समितिका अन्य सदस्यले गरेको सिफारिसअनुसार सूचीमा नाम पठाएको बताए ।
उक्त निर्णय पुस्तिका जिल्ला निर्वाचन कार्यालमा छ ।
अधिकांशले त्यस निर्णयमा गरिएको हस्ताक्षर कीर्ते भएको भन्दै आक्रोस पोखे पनि त्यसको सच्याई बाहिर आएको छैन् । जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले आफूहरुले पनि गोपनीयताको हक प्रयोग गर्न पाउने भन्दै दिन मानेन् । मिडियाकर्मीलाई पनि उनले निर्णयको प्रतिलिपि दिन मानेनन् ।
उनले त्यस निर्णयको फोटो र दृश्य खिच्न नदिए पनि पढेर सुनाउन भने तयार भए । मतदाता नामावलीमा मृतक भनिएका व्यक्ति जीवित रहेर गुनासो गर्न आउँदा आफूहरु अचम्मित भएको उनले बताए । निर्वाचन आयोगमा सच्याउन पत्र पठाए अनुसार :
केका लागि जीवितलाई मृतक सिफारिस गरियो त ?
भण्डारी स्थानीय स्तरमा प्रभावशाली व्यक्ति हुन् । २०५४ सालमा अध्यधिक मतले एमालेबाट साविकको अर्खले ७ को वडाध्यक्षमा विजयी भएका उनको अहिले पनि प्रभाव राम्रो छ । परिवारका सदस्यहरुको आरोप छ उनलाई मतदाताबाट नाम हटाएर उम्मेदवार हुनबाट वञ्चित गराउने कुनै व्यक्तिको षडयन्त्र हुन सक्छ ।
एमालेले त्यस वडाबाट उमेदवारी पठाउँदा उनीसँग छलफल गरेको र सर्वसम्मत रुपमा उमेदवारको नाम जिल्लामा पठाइएको एमालेकै वडा अध्यक्ष उमेदवार विजयी मरासिनी बताउँछन् । एमालेका एक जना कार्यकर्ताकाअनुसार उमेदवारको अन्तिम टुङ्गो लगाउने बैठकमा भने भण्डारी थिएनन् ।
उनलाई फोन गरेर सोधिएको थियो । भण्डारीले पनि आफ्नो नाम सिफासिर गरेर पठाउन आग्रह गरेका थिए ।
कार्वाही भन्दा बचाउको प्रयास
यस्ता गलत काम गर्ने कर्मचारीहरुका विषय सञ्चार माध्यमले उठाए । सम्बन्धित पीडितले उजुरी दिए पनि सम्बन्धित निकायबाट कर्मचारीलाई कार्वाही हुनुको साटो बचाउको प्रयास हुने गरेको छ ।
गत वर्ष हालको इस्मा नगकरपालिका हालको दोहलीमा नागरिकतामा जन्म मिति १ सय ४२ वर्षको उमेर हुने गरी राखिएको थियो । जथाभावी नागरिकता, जन्म दर्ता जस्ता व्यक्तिगत घटनामा नाम उमेर राखिदिँदा आमाभन्दा ६ महिनाले छोरीको उमेर बढी भएको घटना पनि बाहिर आएको थियो । कतै आमा छोराको उमेर ७, ८ वर्षको फरक देखिएका थिए । यस्ता थुप्रै कमजोरी गरिँदा पनि कार्वाही भएनन् ।
जीवितलाई मृतक बनाउनेहरुलाई पनि कार्वाही होला भन्नेमा शङ्का पनि छन् । केही वर्षअघि यसै गुल्मीका साविकका ग्वाघा गाविसमा एक जना सौतेलो छोराले जीवित आमा मृत्यु भएको झुटो विवरण बनाई सम्पूर्ण घर सम्पत्ति जिल्ला मालपोतबाट आफ्नो नाममा बनाएको थिए । उनलाई २८ दिन थुनेर छाडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
-
अमेरिकी डलर, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र पाउण्डको घट्यो
-
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने