सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

ओलीको शासन भनेको नव पञ्चायती हो, मधेशमा पञ्चायतकालीन अवस्था सृजना भएको छ

अब नेपालमा मधेश केन्द्रीत नेता छन्, मधेशवादी दल नै छैन : सिके लाल, राजनीतिक विश्लेषक
सोमबार, ०८ असार २०७७, १० : ३२
सोमबार, ०८ असार २०७७

सिके लाल आफ्ना विचार खरो ढङ्गले राख्ने राजनीतिक विश्लेषक हुन् । लोकले के भन्छ–के सोच्छ भन्दा पनि आफ्नो अध्ययन–बुद्धि र विवेकले देखेका कुरा स्पष्टसँग राखेकै कारण उनका भनाइ बेलाबेलामा विवादित पनि हुने गर्छन् । उनका विश्लेषण र विचार पूर्वाग्रही भए भनी कतिपय अवस्थामा टिप्पणी भइरहेका हुन्छन् । यद्यपि उनले कुनै पनि तर्क राख्दा अध्ययन र अनुसन्धानबाट मात्र राखेका हुन्छन् भनी धेरैको तर्क छ । अहिले विश्व कोरोना महामारीमा फँसेको छ, त्योसँगै राजनीतिक अस्थिरता पनि सबैतिर फैलिएको छ । भूराजनीतिमा देशहरु अल्मलिएका छन् । यो बेला नै सबैतिर यस्तो किन ? यसको समाधान के त ?लगायत देशका समसामयिक विषयमा प्रस्तुत छ, राजनीतिक विश्लेषक सिके लालसँग रातोपाटीले गरेको कुराकानीः

कोरोनाको महामारीसँगै अहिले विश्वकै राजनीतिक घटनाक्रम अस्थिर भएको छ । एकैचोटी यस्तो किन भयो ?

यसको दुई तीनवटा कारण छन् । सन् २००८ को आर्थिक मन्दीपछि विश्वमा एकैपटक राष्ट्रवादीहरुको उदय भयो । अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी, नेपालमा केपी शर्मा ओली, चीनमा सी चिनफिङलगायत सन् २००८ को आर्थिक मन्दीदेखि सन् २०१६ सम्ममा सत्तामा आएका हुन् । त्यतिबेला जोशमा सत्तामा त आइहाले तर कुनै पनि नेतृत्व सफल भइरहेको थिएन ।

चीनमा सी चिनफिङको चर्चा बाहिर जति रहेपनि चीनभित्र समस्याको समाधान गर्न उनी असफल ठहरिएका थिए । अमेरिकामा पनि ट्रम्प असफल जस्तै भएका थिए, भारतमा मोदीको कुरा गर्ने हो भने ‘डिमोनेटाइजेशन’को कुरा होस्, भारतमा आर्थिक वृद्धि ल्याउन असफलताको कुरा होस्, हिन्दु मुस्लिम समस्या बढाउने लगायतका विषयमा असफल देखिँदै थिए । चारैतिर असफलता देखिरहेकै अवस्थामा कोरोना महाव्याधिले के देखाइदियो भने यो असफलमात्र होइनन् कि सफलताको सम्भावना भएको नेतृत्वहरु नै होइन ।


संसारभरि सत्ताको विरोधमा आवाजहरु उठ्न थाल्यो । कतै अविश्वासको आवाज त कतै विरोधको आवाज । अनि त्यसबाट ध्यान अन्यत्र मोड्नका लागि सबै नेतृत्वहरुले राष्ट्रवादी नारा दिन थाले । यसरी जनता र शासक दुईतिर फर्के । एउटाले एकथरी कुरा गर्ने, अर्कोले अर्कोथरी कुरा गर्ने परस्थिति उत्पन्न भएको हुनाले यो अस्थिरता देखिएको हो ।


त्यसैले संसारभरि सत्ताको विरोधमा आवाजहरु उठ्न थाल्यो । कतै अविश्वासको आवाज त कतै विरोधको आवाज । अनि त्यसबाट ध्यान अन्यत्र मोड्नका लागि सबै नेतृत्वहरुले राष्ट्रवादी नारा दिन थाले । यसरी जनता र शासक दुईतिर फर्के । एउटाले एकथरी कुरा गर्ने, अर्कोले अर्कोथरी कुरा गर्ने परस्थिति उत्पन्न भएको हुनाले यो अस्थिरता देखिएको हो । यसैपनि महाव्याधि भनेको उथलपुथल ल्याउने घटना हुन्छ र यस्तो घटनाले स्वभाविक रुपले भूराजनीतिमा असर पर्छ नै ।

–संविधान जारी गर्ने बेलामा नक्सा नसम्झिने र अहिले नक्सा सम्झिने कुरा अनौठो छ
–ओलीले भारतबाट टाढिनका लागि बारम्बार प्रयत्न गर्नु भनेको चीनसँग नजिक हुनलाई होइन
अहिलेको नक्सा विवाद सोम शर्माको सातुको कथा जस्तै हो

अन्ततः यस्तो उथलपुथल कहाँ गएर टुगिंने हो त ?

यो त्यति छिट्टो टुगिंहाल्दैन । यसको असरहरु केही कालसम्म देखिने गरी रहिरहेकै हुन्छन् । पहिला पनि आएका महाव्याधिका घटनाहरु हेर्नुहुन्छ भने ती लामो कालखण्डसम्म रहिरहे । दोस्रो विश्वयुद्धपछि झण्डै ४० वर्षपछि मात्रै एक किसिमको अपेक्षाकृत स्थायित्व देखापर्यो । त्यसैले यो तुरुन्त कुनै समाधानतिर जाँदैन । अस्थिरताको यो  चरण केही समयसम्म रहिरहन्छ ।

अहिले नेपाल एक किसिमको अन्तराष्ट्रिय चक्रव्यूहमा फँसेको देखिन्छ । अन्ततः यसले आउने दिनमा कस्तो परिणाम ल्याउनेछ ?

नेपाल जानी जानी नै यस्तो चक्रव्यूहमा फँसेको छ । नेपालले सन् २०१५ मा एउटा निर्णय के लिएको छ भने भारतसँगको सम्बन्धले मात्र यथास्थितिमा धेरै परिवर्तन नहुने भयो । भारतसँगको सम्बन्धले हिन्दु राष्ट्र हुनसक्छ, राजतन्त्र फर्किन सक्छ, समावेशीताको कुरा अगाडि बढ्न सक्छ, बाहुन बर्चस्व टुट्न सक्छ जस्ता भय एकथरीमा उत्पन्न भयो । त्यसैले भारतभन्दा चीनसँग नजिक भएमा सजिलो हुन्छ भनि त्यतिबेला निर्णय लियो । त्यसपछि नेपालमा दक्षिणबाट उत्तरमुखी राजनीति शुरु भयो । चीनको सहयोगले नेपालमा राजनीति शुरु भयो ।

भारतको असहमति र मधेशको विरोधका वावजुद नेपालमा संविधान जारी भयो । त्यसपछि चुनाव भयो । दुईथरीको कम्युनिस्टको एकता पनि भयो । तीनै तहको सरकारमा उनीहरुको बर्चस्व स्थापित भयो । फुट्नै लागेको दलमा एकता पनि भयो । अतः कुनै पनि दलले यति मद्दत गर्छ भने सित्तैमा गर्दैन भने कुरा सहजै बुझ्न सकिन्छ । त्यसको मूल्य त अवश्य खोज्छ । त्यसको मूल्यवापत नेपालले चीनको समर्थनमा उभिनुपर्ने हुन्छ ।


चीनको एउटा जजमान देश जस्तो बन्ने जुन निर्णय लिइयो, त्यसले भूराजनीतिमा धेरै नै ठूलो अर्थ राख्छ । चीन र भारतबीच सीमा विवादलाई लिएर त्यत्रो तनाव छ तर नेपालका कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँग तालिम लिइरहेको छ । यसले कस्तो कुटनीतिक सन्देश जान्छ ?


धरातलीय रुपमा भारतसँग जोडिएको अर्थतन्त्र र समाजको भूराजनीतिमा चीनलाई समर्थन गरिँदा द्वन्द्वात्मक अवस्था सिर्जना भएको हो । त्यसको राजनीतिक असर त अधिनायकवादी प्रकृतिको हुन्छ नै । त्यसैले तत्कालै यो समाधान हुने सम्भावना देखिँदैन । नेपालको सत्ताले त्यसको कुटनीतिक मूल्य चुकाउनु पर्ने हुन्छ । चीनको एउटा जजमान देश जस्तो बन्ने जुन निर्णय लिइयो, त्यसले भूराजनीतिमा धेरै नै ठूलो अर्थ राख्छ । चीन र भारतबीच सीमा विवादलाई लिएर त्यत्रो तनाव छ तर नेपालका कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँग तालिम लिइरहेको छ । यसले कस्तो कुटनीतिक सन्देश जान्छ ? यसले कसरी भारतसँग वार्ताको वतावरण बन्छ ? कसरी सम्बन्ध सुधार हुन्छ ? अहिलेको स्थिति हेर्दा तत्काल चीनको ब्यूहरचनाबाट निस्किन सकिने अवस्था छैन ।

त्यसो भए भारतले भनेको जस्तै चीनको इशारामा अहिले नेपाल र भारतबीच देखिएको नक्सा वा सीमा विवाद आएको हो त ?

नेपालले स्वेच्छाले निर्णय गरेर चीनलाई लाभ पुग्छ भने चीनले इशारा गर्नै पर्दैन । भारतले जुन आक्षेप लगाइरहेको छ, यथार्थ त्यस्तो होइन । हाम्रो राजनीतिक दलका नेताहरुले नै के गर्दा भारतसँग टाढिने र चीनसँग नजिकिने हुन्छ– त्यो कुरा राम्रोसँग बुझ्दछन् । त्यसका लागि कसैले इशारा नै गर्नुपर्दैन । भारतसँग टाढियो भने स्वतः चीनसँग नजिकिन्छ भने कुरा प्रष्टै छ । चीनले यस्तो गरिदेऊ भन्नै पर्दैन, नेपालका नेताहरुलाई आफै त्यति सुझबुझ छ । मौका यही हो, यही मौकामा चौका हानी हालौं भनी अहिलेको कदम चालिएको देखियो । नत्र संविधान जारी गर्ने बेलामा नक्सा नसम्झिने, अहिले नक्सा सम्झिने यो कुरा अनौठो लाग्छ नै । भारतसँग दुरी बढाउनका लागि के के गर्नुपर्छ, ती सबै गरिरहेका नै छन् ।


चीनबाट नजिक हुनलाई यो सब गर्नै पर्दैन भन्छु म । भारतबाट टाढिनलाई निर्णय गर्यो भने त्यसको अप्रत्यक्ष प्रभाव चीनसँग नजिक हुन पुग्छ । चीनबाट नजिक हुनलाई होइन कि भारतबाट टाढिनका लागि ‘सिंहमेव जायते’ भनेर कसैको देशलाई जिस्काउने र बेइज्जत गर्नु भनेको त ठूलो कुरा हो नि !


भन्नाले चीनबाट नजिक हुनका लागि यो नक्सा जारी गरेको हो भन्न तपाईंको विश्लेषण हो त ?

चीनबाट नजिक हुनलाई यो सब गर्नै पर्दैन भन्छु म । भारतबाट टाढिनलाई निर्णय गर्यो भने त्यसको अप्रत्यक्ष प्रभाव चीनसँग नजिक हुन पुग्छ । चीनबाट नजिक हुनलाई होइन कि भारतबाट टाढिनका लागि ‘सिंहमेव जायते’ भनेर कसैको देशलाई जिस्काउने र बेइज्जत गर्नु भनेको त ठूलो कुरा हो नि ! ‘भारतीय कोरोना झन खतरनाक छ’ भन्नु पनि कुनै विज्ञानसम्मत कुरा होइन । त्यो त सोझै जिस्काएको जस्तो भएको छ । भारतबाट टाढिनका लागि बारम्बार प्रयत्न गरिरहनु चीनसँग नजिक हुनलाई गरेको होइन, भारतसँग टाढिनलाई गरिएको हो । त्यो गर्न साथ चीनसँग सोझै नजिक हुन पुगिन्छ ।

त्यो भए अहिलेको नेपालभारतको सीमा विवादलाई तपाईले कसरी विश्लेषण गर्नुहुन्छ ?

सबै दलले मिलेर आफ्नो जमिन फिर्ता लिन खोजेको छ भने लिम्पियाधुरा मात्र किन ! काङ्गडा, सिक्किम पनि फिर्ता ल्याए हुन्छ । ल्याउन सकियो भने राम्रै हुन्छ तर व्यवहारिक कति हुन्छ त्यो पनि हेर्नुपर्ने हुन्छ ।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गरेको छ त्यो नक्सा अनुसार नेपालको जमिन फिर्ता आउने सम्भावना तपाईले कतिको देख्नुभएको छ ?

‘सोम शर्माको सातु’को कथा सुन्नुभएको छ नि । त्यही सोम शर्माको सातुको कथा जस्तै हो यो, रमाउँदा राम्रै हुन्छ । देशका सबै समस्याबाट जनताको ध्यान उतातिर मोडिएको छ । तर त्यसको कुनै व्यवहारिक असर देखिने हुँदैन ।

तपाईंको भनाइको अर्थ कोरोनाबाट जनताको ध्यान अन्यत्र ध्यान डाइभर्ट गर्न देशमा यस्तो राजनीतिक चक्रव्यूह रचिएको हो त ?

त्यो लिम्पियाधुराका कुरा त सोझै के भयो भने भारतले आफ्नो सडकको उद्घाटन गर्यो र त्यसलाई एउटा चुनौती दिउ भनेर यताबाट कदम चालेको हो । नेपालमा राष्ट्रवादको मुद्दा यस्तो जब्बर छ कि राष्ट्रवाद खतरामा छ, नेपालको अस्तित्व खतरामा छ भनियो भने सबै एकैचोटी घरघरबाट निस्किइ हाल्छन् । तर सबैलाई एउटा कुरा के थाह छ भने यो कुरा केही होइन ।


जे कामका लागि यो सरकार गठन भएको हो, उसले त्यो काम गरिरहेकै छ । यस हिसाबले हेर्दा यो सरकारलाई दोष दिने कुनै ठाउँ नै छैन । यो सरकार आफ्नो उद्देश्यमा हिँडिरहेको छ । राष्ट्रवादीका लागि काम गर्छु भनेको थियो, त्यसका लागि काम गरिरहेका छ । दैनिक जस्तो राष्ट्रवादी, राष्ट्रवादी भनी कराइरहेका छन्, सरकारसँग त्यो बाहेक अरु कुनै नारा नै छैन ।


सबभन्दा पहिला के हेर्नुपर्छ भने यो सरकार कसरी गठन भयो र यसको उद्देश्य के हो ? सरकार किन गठन भयो भने पहिलो कुरा मधेशीलाई ठाउँमा ल्याउने । दोस्रो कुरा जनजातिलाई सामसुम पार्ने । तेस्रो कुरा दलितमा यथास्थिति कायम गर्ने । चौथो कुरा खस, बाहुन, क्षेत्री र दशनामीको वर्चस्व यथावत राख्ने र पाँचौँ कुरा भारतसँग दुरी बढाउने । यी यावत उद्देश्य पूरा गर्नका लागि यो सरकार गठन भएको हो । देशको विकास गर्ने, देशको छविसुधार्ने जस्ता काम गर्न यो सरकार गठन भएको होइन । जे कामका लागि यो सरकार गठन भएको हो, उसले त्यो काम गरिरहेकै छ । यस हिसाबले हेर्दा यो सरकारलाई दोष दिने कुनै ठाउँ नै छैन । यो सरकार आफ्नो उद्देश्यमा हिँडिरहेको छ । राष्ट्रवादीका लागि काम गर्छु भनेको थियो, त्यसका लागि काम गरिरहेका छ । दैनिक जस्तो राष्ट्रवादी, राष्ट्रवादी भनी कराइरहेका छन्, सरकारसँग त्यो बाहेक अरु कुनै नारा नै छैन ।

भारतसँग नजिक रहेको भनिएको मधेशवादी दललाई पनि यो सरकारले त्योसँग दुरी बढाइदिएको पनि टिप्पणी भइरहेको छ । यसमा तपाईको बुझाइ के छ ?

अब त मधेशवादी दल नै छैन नेपालमा । मधेशवादी दल तपाई कसलाई भन्नुभयो त्यो मलाई थाहा भएन तर मेरो विचारमा अब नेपालमा मधेशवादी दल नै छैन । मधेश केन्द्रीत नेता भन्नसक्नु हुन्छ तर मधेश केन्द्रीत दल अब छैन । कुनैबेला भारतको सबभन्दा नजिकको नेता ओली हुनुहुन्थ्यो । नेपाली काँग्रेस पनि एकताका भारतको नजिक थियो । माओवादीको सबै काम भारतमै भएको हो । भारतको नजिक रहेको भनेर मधेशको मतदातालाई हुर्मत लिने काम एकथरीले गरिरहेको छ । 


अब त मधेशवादी दल नै छैन नेपालमा । मधेशवादी दल तपाई कसलाई भन्नुभयो त्यो मलाई थाहा भएन तर मेरो विचारमा अब नेपालमा मधेशवादी दल नै छैन । मधेश केन्द्रीत नेता भन्नसक्नु हुन्छ तर मधेश केन्द्रीत दल अब छैन ।


नाकाबन्दीको समयमा भारतले मधेशवादी दललाई सहयोग गरेको थियो अहिले मधेशवादी दलले भारतलाई सहयोग नगरेको विश्लेषण भइरहेको छ । तपाईंको विश्लेषण के छ ?

नाकाबन्दी गरेको नैतिक दायित्व त्यतिबेलाका मधेशवादी दलहरुले लिएका थिए । भारतले के गर्यो कसो गर्यो त्यो भन्न मिल्दैन । भारतले सहयोग गरेको होला । भारतले सबै दललाई बेलबेलामा सहयोग गरेकै छ भने त्यतिबेलाका मधेशवादी दललाई पनि गरेको होला । अरु दललाई सहयोग गर्दा चर्चा नहुने मधेशवादी दललाई गरेको सहयोगको चर्चा हुने ! यो अलि नमिल्दो कुरा छ । नाकाबन्दी लगायतका आन्दोलनमा तत्कालीन मधेशवादी दल असफल भएपछि आत्मसर्पण गरेर राष्ट्रवादी दल भए । राष्ट्रवादी दल भएपछि अरु दल जस्तै ती दलहरु पनि भए । अरु दल जति राष्ट्रवादी छन् त्यति नै राष्ट्रवादी पुराना मधेशवादी दलहरु पनि भए । राष्ट्रवादले अरु दललाई जसरी छुन्छ, त्यति नै यी (मधेशवादी) दलहरुलाई पनि छुन्छ । त्यहाँ मधेशवादी दल वा गैर मधेशवादी दल छुट्याउने कुनै रेखा नै रहेन अब ।

तपाईले भने अनुसार मधेशवादी वा मधेश केन्द्रीत दल अब छैन भने मधेशको अधिकारका लागि बोलिदिने, मधेशको बारेमा आवाज उठाई दिने काम कसले गर्छ त ?

यसअघि कसरी चलेको थियो त्यसरी नै चल्छ । पंचायतकालमा जे अवस्था थियो, त्यस्तै अवस्था हुन्छ । ओलीको शासन भनेको नवपञ्चायत हो । पंचायतकालमा पनि मधेशका नेताहरु पंचायतका मुलधारमा मिसिएका थिए, अहिले पनि त्यस्तै गरेका छन् । त्यो बेला मधेशको जे अवस्था थियो, अहिले त्यही अवस्था सृजना भएको छ ।

त्यसो भए मधेशको अवस्था कस्तो हुने हो त, यस्तै चलिरहन्छ कि यसमा केही परिवर्तन पनि आउँछ ?


मधेशले अधिकार पाएको छैन । पुरानो समीकरण सबै भताभुङ भएको छ, नयाँ किसिमले अगाडि बढ्ने अवस्था आएको छ । अधिकार, विभेद, दमन सबै कायमै छन् तर यी कुराहरु उठाई दिने एउटा पनि संगठन छैन ।


–केही समय लाग्छ । मधेशले अधिकार पाएको छैन । अधिकार प्राप्तिका लागि केही न केही त गर्छ नि । नयाँ किसिमले शक्तिहरुको पुर्नगठन हुन्छ । अथवा राष्ट्रिय दल भनाउँदाहरुले पुनर्विचार गरेर पुनः फर्किने हुनसक्छ । नयाँ चरणको शुरुवात हुनुपर्छ । पुरानो समीकरण सबै भताभुङ भएको छ, नयाँ किसिमले अगाडि बढ्ने अवस्था आएको छ । अधिकार, विभेद, दमन सबै कायमै छन् तर यी कुराहरु उठाई दिने एउटा पनि संगठन छैन ।

नयाँ संगठन वा नयाँ शक्ति आउने सम्भावना कतिको छ ? त्यसलाई पुष्ट्याइँ गर्ने तथ्य र तर्क के छन् ?

–तथ्य के हो भने मधेशले अहिलेसम्म कुनै अधिकार प्राप्त गरेको छैन । तर्क के हो भने मधेशमा जबसम्म स्थिति यथावत रहन्छ, त्यो भनेको सुकेको पराल हो । त्यसमा झिल्को कताबाट आउँछ भन्ने कुरा ज्योतिषले मात्र भन्नसक्छ । तर सुकेको परालले झिल्को कुरेर बसेको स्थिति छ । र, कुनै बेला जे पनि हुनसक्छ ।

भुइँचालो कुन बेला आउँछ, बाढी कुन बेला आउँछ भन्ने कुरा यत्रो विकास गरेको विज्ञानले भन्न सकेको छैन भने राजनीतिमा कति बेला के हुन्छ भने कुरा कसले भन्न सक्छ र ? राजनीतिमा जतिखेर पनि सम्भावना रहन्छ, जतिबेला जे पनि हुनसक्छ । हामीले तर्क गर्ने भनेको स्थिति कस्तो छ भन्नेमा हो । स्थिति के छ भने सन् २०१५ मा मधेशी दलले आत्मसम्र्पण गर्ने अवस्था सृजना भयो । आन्तरिक संघर्षमा मधेश हार्यो । यथास्थिति हावी भयो । र, हारेको व्यक्तिलाई जिताउन अलिकति समय लाग्छ । र, त्यसका लागि संघर्ष गर्नुपर्छ ।

नेपाल र भारतबीच जुन प्रकारको सम्बन्ध छ, यदि भोलि गएर झन बिग्रिदै गयो र त्यसले कुनै अप्रिय घटना भयो भने सीमावर्ती क्षेत्र खासगरी तराई मधेशमा त्यसको प्रभाव नराम्रो पर्छ भनि त्यताका जनताहरु त्रसित अवस्था छन्, यसलाई तपाईले कसरी बुझ्नु भएको छ ?

–जुन प्रकारको त्रास वा भय छन् त्यसबाट मुक्ति पाउने प्रयत्न आफैँ गर्नुपर्छ । अरुले समाधान गरिदिन्छ भनी सोचेर बस्नु हुँदैन । मधेशको एउटा समस्या यो पनि हो । केही समस्या भयो भने त्यसको समाधान अरुले गरिदेला कि भनी बाटो पर्खेर बसेका हुन्छन् । मधेशको यो ठूलो समस्या हो । दासताका मनस्थितिले गर्दा कसैले आएर उद्धार गरिदिन्छ कि भनी सोचेर बसेका हुन्छन् ।


जुन प्रकारको त्रास वा भय छन् त्यसबाट मुक्ति पाउने प्रयत्न आफैँ गर्नुपर्छ । अरुले समाधान गरिदिन्छ भनी सोचेर बस्नु हुँदैन । मधेशको एउटा समस्या यो पनि हो । केही समस्या भयो भने त्यसको समाधान अरुले गरिदेला कि भनी बाटो पर्खेर बसेका हुन्छन् ।


बोर्डरको समस्या छ भने त्यसलाई कसरी समाधान गर्ने त्यसका लागि आफैँ प्रयत्न गर्नुपर्छ । जब जीविकामा नै असर पर्छ भने त्यसका लागि चुप लागेर बस्न हुँदैन । वीरगञ्जको मान्छे रक्सौल जानु भनेको भारत जानु होइन, विराटनगरको मान्छेका लागि जोगवनी जानु भनेको जोगवनी जानु हो, विदेश जानु होइन । दुई देशको विवादका कारण सीमावर्ती क्षेत्रका जनतालाई जीवन निर्वाह गर्न कुनै समस्या भयो भने त्यसका लागि उठ्नुपर्छ र उठ्छ पनि ।

कस्तो अवस्था आउँछ त ? तिमीहरु झगडा गर भन्दै छुट्टै स्वतन्त्र भएर बस्छ कि दुवैलाई मिलाउनका लागि मध्यस्थताको भूमिका खेल्छ ?

–के हुन्छ त्यो भन्न सकिँदैन । त्यो परिस्थितिले सृजना गर्छ । सोभियत संघ विघटन हुन्छ भनी विश्वका कुनै पनि राजनीतिक विश्लेषकले कल्पना गरेका थिएनन् । सन् १९९० मा बहुदलीय व्यवस्थाको पुर्नस्थापन हुन्छ भनेर कसैले विश्लेषण नै गरेका थिएनन् । नेपालमा गणतन्त्र आउँला भनेर गणतन्त्रकै लागि संघर्ष गरेका शक्ति माओवादीले पनि विश्वास गरेको थिएन । त्यसैले त उसले पनि राजा नै राख्नु परे राखौँला भन्ने अवस्थामा पुगिसकेको थियो तर गणतन्त्र आयो । जनताको मनस्थिति पानी जस्तो तरल हुन्छ, ठोस हुँदैन । तरल भएको हुनाले त्यो कतातिर जान्छ भनी आँकलन गर्न सकिदैन । सीमावर्तीका जनता कतिको आँट गर्छ त्यसमा भर पर्ने कुरा हो । एउटा कुरा पक्का हो, जनता जागृत भएर उठ्यो भने त्यसलाई कसैले रोक्न सक्दैन, कुनै सीमाले छेक्न सक्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप