बराबरीमा रोकियो लिभरपुल, चेल्सीको संघर्षपूर्ण जीत

लिभरपुलका म्यानेजर योर्गन क्लपले ‘विश्व स्तरीय’ गोलकिपर एलिसनको प्रशंसा गरेका छन् । उनले अन्तिम समयमा गरेको उत्कृष्ट सेभका कारण लिभरपुलले एभर्टनविरुद्ध बराबरी गर्दै एक अंक बटुल्न सफल भएको छ । डोमिनिक कालभेर्ट लेविनको प्रयासलाई ब्राजिलियन गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।
अब लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्नका लागि ५ अंकको आवश्यकता रहेको छ । तर, सोमबार इतिहाद स्टेडियममा म्यान्चेस्टर सिटीले बर्नलीलाई हराउन असफल रहे एनफिल्डमा क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले ३० वर्षदेखि लिग उपाधिको प्रतिक्ष अन्त्य गन सक्नेछ ।
गुडिसन पार्कमा खेलिएका पछिल्ला आठमध्ये सात खेल बराबरीमा टुंगिएको छ । एभर्टन र लिभरपुलबीचका खेलहरु सर्वाधिक ११ पटक गोलरहित बराबरीमा टुंगिएका छन् । लिभरपुल एभर्टनविरुद्धका पछिल्ला २२ खेलमा अपराजित रहेको छ ।
उता, एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले एस्टन भिल्लामाथि २–१ को जीत हासिल गरेको छ । कोर्टने हाउसेले पहिलो हाफमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए पनि दोस्रो हाफमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुले दुई मिनेटमा अन्तरमा गोल गर्दै चेल्सीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
३० खेलपछि ५१ अंकसहित चेल्सी लिगको चौथो स्थानमा रहेको छ । भिल्ला भने २६ अंकसहित रेलिगेसन जोनमा रहेको छ । यो सिजन भिल्लाले पहिले गोल गरेर पनि आफ्ना पाँच खेल हारेको छ ।
अन्य खेलमा रेलिगेसनबाट बच्न संघर्षरत न्युक्यासलले सेफिल्ड युनाइटेडलाई ३–० गोलअन्तरले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी
-
बिहीबारको दिन आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन