शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यक्रमका बेला स्टेजमा लड्ने अमेरिकी हास्यकलाकार कोरोना पोजेटिभ

सोमबार, ०८ असार २०७७, ०६ : ५६
सोमबार, ०८ असार २०७७

अमेरिकी हास्यकलाकार तथा अभिनेता डेरिल लिन ह्यूली कोरोना पोजेटिभ पाइएका छन् । उनी शुक्रबार राती नाशविले, टेनेस्सीमा एक स्ट्याण्डअप कार्यक्रमका बेला स्टेजमा लडेका थिए ।

५७ वर्षका ह्यूलीले बताए अनुसार उनलाई कमेडी नाइट क्लबमा प्रस्तुती दिने बेला रिंगटा लागेको थियो । तत्पश्चात् उनलाई अस्पताल पुर्याइएको थियो । अत्यधिक थकाई लागेका कारण र शरीरमा पानीको कमीमा कारण उनलाई यस्तो भएको बताइयो । उपचचारपछि उनलाई शनिबार अस्पतालबाट छुट्टी दिइयो ।

ह्यूलीले भने, ‘अस्पतालमा डाक्टरहरुले विभिन्न परीक्षण गरे । उनीहरुले कोभिड–१९ परीक्षण पनि गरे । म कोरोना पोजेटिभ भेटिएँ । डाक्टरहरुका अनुसार म असिम्प्टमेटिक (कुनै लक्षण नदेखिएको) हुँ,’ उनले ट्वीटरमा यसबारे जानकारी दिए ।

ह्युलीले आफ्ना प्रशंसकलाई धन्यवाद दिँदै आफू होटलको कोठामा १४ दिनको क्वारेन्टिनमा बस्ने जानकारी दिए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप