शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका शीर्ष वैज्ञानिकले क्वारेन्टिनको नीतिलाई भने ‘बेकार’

सोमबार, ०८ असार २०७७, ०६ : ४७
सोमबार, ०८ असार २०७७

बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् ।

लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अपनाइरहेको छ, त्यो तत्काल छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

इबोला र एचआइभीमाथि काम गरेर संसारभरी चर्चा बटुलेका वैज्ञानिकले संक्रमितको संख्या निकै कम भएका बेला मात्रै क्वारेन्टिन नीति प्रभावकारी भएको  बताएका छन् । यो नियमको जूनको अन्तिममा रिभ्यू गरिनेछ ।

उनका अनुसार मानिसहरुको सुरक्षार्थ दुई मिटरको सामाजिक दुरीको सल्लाह दिइएको छ । उनका अनुसार योभन्दा राम्रो त सार्वजनिक स्थानमा मास्क लगाएर जानु नै सबैभन्दा प्रभावकारी हुनेछ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप