शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीका सबै पत्रकारको कोरोना बीमा

आइतबार, ०७ असार २०७७, २० : ४२
आइतबार, ०७ असार २०७७

बर्दिवास । महोत्तरीका सबै पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोनाको महामारीमा पनि जोखिम मोलेर सक्रिय रुपमा काम गरिरहेका जिल्ला भरीका ५१ जना पत्रकारको कोरोना बीमा गरिएको हो । 

बर्दिवास १ स्थित विनायक होटल प्रालिका सञ्चालक बिष्णु खड्काले शिखर इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रती पत्रकार रु १ लाखका दरले ५१ जना पत्रकारको बीमा गरिदिएका हुन् ।

संचालक विष्णु खड्काले जोखिम मोलेर काम गरिरहेका राज्यका चौथौ अंग पत्रकारलाई काम गर्ने थप उर्जा मिलोस् भन्ने उद्देश्यले सुरक्षाको प्रत्याभूति गराउन बीमा गरिदिएको बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ महोत्तरी  शाखाका अध्यक्ष कमलेश मण्डलले आफुहरुले पत्रकारको बिमा गरी दिन जिल्लाभित्रका सबै  स्थानिय सरकारसँग अनुरोध गरेपनि स्थानीय सरकारले बेवास्ता गरेको अवस्थाम स्थानीय व्यवसायी खड्काले बीमा गरीदिएको भन्दै खुसी व्यक्त गरे ।

बिमित पत्रकारले कोरोना पोजिटिभ भएको पीसीआर रिपोर्ट बुझाएर बीमा कम्पनीसँग दाबी गरेमा १ लाख बीमा शुल्क प्राप्त गर्न सकिने शिखर इन्स्योरेन्स बर्दिवास शाखाका प्रमुख नरेन्द्र कडारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप