शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित ५ जना पक्राउ

आइतबार, ०७ असार २०७७, १८ : ४७
आइतबार, ०७ असार २०७७

चितवन । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गैंडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नं २ विक्रममार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका सबैलाई आज जिल्ला अदालतमा लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको उनले बताए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप