शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी र बाग्लुङमा पहिरोः ३ जनाको मृत्यु, दर्जनौ घर विस्थापित

आइतबार, ०७ असार २०७७, १७ : ४९
आइतबार, ०७ असार २०७७

गुल्मी । गुल्मी र छिमेकी जिल्ला बाग्लुङमा पहिरोले पुृरेर ३ जनाको ज्यान गएको छ । शनिवार साँझ  गुल्मीमा माथिबाट खसेको पहिरोले जिप पुरिँदा त्यसमा सवार १ जनाको घटनास्थल र अर्को १ जनाको उपचारका क्रममा गएराती मृत्युृ भएको हो ।

धुर्कोट गाउँपालिका वडा नम्वर ३ हाडहाडेका १८ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको हो भने सोही स्थानका २० वर्षीय  जिप चालक प्रदिप पुनको गएराती सन्धिखर्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत राजकुमार रावलले जानकारी दिए ।

साविकको हाडहाडे गाविसबाट अर्को गाउँ हाडहाडे जान लागेको लु १ ज ३९७९ नम्बरको जिपलाई हाडहाडेको चुना ओढार माथिबाट खसेको पहिरोल पुरेको थियो । ६ जना सवारमध्ये अन्यको अवस्था सामन्य रहेको र १ जना बटुवासमेत घाईते भई उपचार भैरहेको प्रहरीले जनाएको छ । 

उता, बाग्लुङमा हिजो पहिरोले घर बगाउँदा बेपत्ता भएकी एक महिलाको आईतबार शव फेला परेको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तम्राम फापरेखेतमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी विमला पुनको शव आज विहान फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाग्लुङ नगरपालिकाको पैयुँपाटा लगायतका स्थानमा पहिरो जाँदा त्यहाँका घर उच्च जोखिममा परेका छन् । यता गुल्मीको रेसुङ्घा नगरपालिका–७ को वेदुखर्क लगायतका स्थानमा पहिरोले पुरेर ७ घर परिवार विस्थापित भएको र उनीहरुलाई अन्यत्र बसोबासको ब्यवस्था मिलाइएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप