मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पञ्चकन्या स्टिलको ५५० एक्सडी र ५०० एक्सडी नयाँ फलामे छड सार्वजनिक

आइतबार, ०७ असार २०७७, १७ : ४१
आइतबार, ०७ असार २०७७

काठमाडौं– पञ्चकन्या स्टिलले नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । छडको प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको कम्पनीको दावी छ ।

यसले कंक्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ । पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने कम्पनीले बताएको छ ।

उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ ।  एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्घि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने जानकारी पञ्चकन्याले दिएको छ ।

पञ्चकन्या प्राईम स्टिलमा शुद्घ रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्र्रयोग भएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त मानिन्छ । यसको शक्तिमा एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता र ठुलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको दाबी कम्पनीको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप