बेलायतमा कोरोना महामारीको प्रभावः ४ मध्ये १ जना खाद्य सङ्कटको जोखिममा
आइतबार, ०७ असार २०७७, १७ : ०३
एजेन्सी । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् ।
खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ ।
अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । महामारीका बेलामा २५ प्रतिशत बयस्कहरुले खानाका लागि संघर्ष गर्नुपरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत