शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा विद्यार्थीहरुलाई भायनेटले तीव्र गतिको प्याकेज दिने

आइतबार, ०७ असार २०७७, १६ : ५७
आइतबार, ०७ असार २०७७

काठमाडौं– यो महामारीको अवस्थामा शैक्षिक संस्थानहरुले शिक्षालाई घर–घरसम्म पुर्याउनको लागि अनलाइन भिडियो कन्फ्रेन्सीङ र भिडियो ट्यूटोरियल जस्ता टूलहरुको प्रयोग गरिरहेका छन् । 

यस्तो क्रियाकलापको लागि हाई ब्याण्डविथको आवश्यकता पर्दछ र सोही समयमा अन्य परिवारजनले पनि इन्टरनेट चलाउँदा अनलाइन क्लास र मिटिङहरु भइरहेको समयमा इन्टरनेट स्पीड कम हुनाले विद्यार्थी र शिक्षकलाई समस्या पर्न सक्छ ।

नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायानेटले यसै कुरालाई बुझेर अहिलेका विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ्ग टिभींनामक दुई नयाँ प्याकेजहरु ल्याएको छ ।

भायानेटको नयाँ ई–लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबीपीएससम्म दोब्बर गर्र्न सक्छ र अन्य समयमा २५एमबीपीएसमा संचालन हुन्छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो ।

यस प्याकेजमा “फोकस मोड” विशेषता र नेट टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश छन् । “फोकस मोड” विशेषता भाया सेक्योरद्वारा पावर गरिएको छ र यसको मद्दतले समस्त ध्यान विचलित गर्ने अनलाइन चिजहरु जस्तै कि गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्छ । 

यसले विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई उनीहरु आप्mनो काममै ध्यान दिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्दछ । यसै गरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज् र प्ले, क्याचअप टिभी, मुभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषताहरु छन् ।

ई–लर्निङ्ग प्याकेज प्रति महिना रु. १७०० मा उपलब्ध भएको भायानेटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप