आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम अदालत अगाडि प्रदर्शन

आइतबार, ०७ असार २०७७, १६ : १८
आइतबार, ०७ असार २०७७

जिल्ला अदालत रुकुम (पश्चिम) अगाडि आइतबार विरोध प्रदर्शन भएको छ । 

अदालतभित्र थुनछेक बहस चलिरहँदा दिउँसो दलित अधिकारकर्मी र सर्वसाधारणले प्रर्दशन गरेका हुन् । 

जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । 

आइतवार जिल्ला अदालतमा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ । 

६ जनाको ज्यान जाने गरी भएको रुकुमको चौरजहारीस्थित सोतीमा भएको सो घटनामा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा जाहेर गरेको छ । त्यसमध्ये नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै  यसअिघ नै जिल्ला अदालते सुधार गृहमा राख्ने आदेश दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप