भारतमा एकैदिनमा १५ हजार सङ्क्रमित
एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सबैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ ।
सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ । भारतमा कूल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् ।
प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५८ हजार ६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ६४ हजार १५३ जना सङ्क्रण मुक्त भएका छन् । महाराष्ट्र प्रदेशभरी कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच हजार ९८४ जनाको मृत्यु भएको छ । त्यसैगरी तमिल नाडु प्रदेशमा ५६ हजार ८४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै