बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीविरुद्ध रौतहटका व्यापारी आन्दोलित

आइतबार, ०७ असार २०७७, १० : २५
आइतबार, ०७ असार २०७७

रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा फोडेर ३ लाख ५० हजार बराबरको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै व्यापारीहरुले सडकमा अवरोध गरी आन्दोलनमा उत्रिएका हुन् ।

ईलाका प्रहरी कार्यालय विजयपुरबाट मात्र दुईसय मिटर टाढा रहेको पसलबाट गत राति चोरी भएको हो ।

पीडित मुकेश साहका अनुसार क्वारेन्टिनको गेटमै रहेको पसलमा चोरी हुनु प्रहरीको चरम लापरबाही हो । अर्का ब्यापारी जयराम साहले ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साह आएदेखि नै अपराधिक घटनामा वृद्धि भएको आरोप लगाए ।

दुई सय मिटर टाढा घटनास्थलमा पुग्न प्रहरीलाई फोन गरेको ४५ मिनेटमा पुग्नु आफैमा प्रश्न उठ्ने बताए । क्वारेन्टिनको ड्युटीमा प्रहरी नै रहेकै कारण चोरिको घटना भएको अर्का ब्यापारी श्रीभगवान साहले बताए ।

यो घटनाको छानबिन गरेर चोरलाई पक्राउ नगरेसम्म अवरुद्ध बटो नखुल्ने बिजयपुरका ब्यापारीहरुले अडान गरेका छन् ।

केही महिना अघि दुधिअवा प्रहरी चौकी छेउमै रहेको एक घरबाट रोटाभेटर सहित ट्रयाक्टर चोरी भएको थियोे । चोरी भएको रोटाभेटर बरामद भएपनि हालसम्म ट्रयाक्टर बरामद हुनसकेको छैन ।

यता, इन्सपेक्टर चन्द्रकिशोर साहले भने आफू यो कार्यालयमा आएदेखि अपराधिक घटनामा कमी आएको दाबी गरे । उनले चोर पत्ता लगाउन प्रहरी नजिक पुगिसकेको बताउँदै पूर्वाग्रह राखेर प्रहरीलाई बदनाम गर्न खोजिएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप