शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदी भन्छन्, ‘कोरोनाका कारण संसारमा योगको आवश्यकता महसुस भयो’

आइतबार, ०७ असार २०७७, १० : ०३
आइतबार, ०७ असार २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरराष्ट्रिय योग दिवसमा राष्ट्रलाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका बेला योगले प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

उनले भने, ‘योग प्रति उत्साह बढिरहेको छ र यो कति व्यापक छ भनेर योगको भिडियोले देखाउँछन् । यो परिवारलाई नजिक बढाउने दिन पनि हो । कोरोना महामारीका कारण संसारमा योगको आवश्यकता पहिलेभन्दा गम्भीरतापूर्वक महसुस भइरहेको छ । यदि हाम्रो प्रतिरोधी क्षमता बलियो भए यसले हाम्रो रोग हराउन निकै मद्दत गर्छ । प्रतिरोधी क्षमता बढाउनका लागि योगका अनेक विधि छन् । ’

‘अनेक प्रकारका आसन छन् जसले हाम्रो शरीरको ताकत बढाउँछ, मेटाबोलिजमलाई बलियो बनाउँछ । कोभिड–१९ विशेषगरी हाम्रो श्वासतन्त्रमा हमला गर्छ । हाम्रो श्वासतन्त्रलाई बलियो बनाउन प्राणायामले अत्यधिक मद्दत गर्छ । यो एक ब्रिथिङ एक्सरसाइज हो । सामान्य रुपमा अनलोम–विलोम, प्राणायाम प्रभावकारी छन् । प्राणायामका अनेक प्रकार छन् ।’

मोदीले व्यायामका साथै प्राणायाम गर्न पनि आग्रह गरेका छन् ।

मोदीले छैटौं अन्तरराष्ट्रिय योग दिवसको शुभकामना दिँदै यो दिन एकजुटता र सार्वभौमिक भाइचाराको दिन भएको बताएका छन् ।

उनले यो विश्व बन्धुत्वको सन्देश दिने दिन पनि भएको बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप