शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करेलाको एक थोपा रस पनि पेटको समस्याका लागि अचुक औषधि

आइतबार, ०७ असार २०७७, ०९ : ५९
आइतबार, ०७ असार २०७७

एजेन्सी – आधुनिक जीवनशैली र खानपानका कारण पछिल्लो समय प्रायः व्यक्तिहरु पेटको समस्याबाट ग्रसित भइरहेका हुन्छन् । अपच, ग्यास, कब्जियत र पायल्सजस्ता समस्याहरुले थुप्रै मानिसहरु पीडित हुने गर्छन् । 

यस्ता पेटमा हुने विविध समस्याका लागि करेलाको रस अचुक औषधि हुने भारतीय आचार्य बालकृष्णाले बताएका छन् । उनका अनुसार करेलाले पेटसम्बन्धी विभिन्न समस्यामा औषधिको रुपमा काम गर्छ । 

यसका फाइदाहरुः 

– करेला मात्र होइन यसको फूल र पात पनि निकै फाइदाजनक हुन्छ ।

– करेलाले पेट सफा गराउँछ ।

– धेरै दिनदेखि कब्जियत भएमा वा राम्रोसँग दिशा नभएमा करेलाको तरकारी खानुपर्छ । यसले पेट सफा गराउँछ ।

– कब्जियतका साथै ग्यासको समस्या भएमा वा पेटमा अन्य गडबढी भएमा करेला सेबन गर्नुपर्छ ।

– जुन बच्चालाई अत्यधिक कब्जियतको समस्या छ र पेटमा गडबडी भइरहन्छ । साथै खाना खान रुचाउँदैनन्, पेटमा ग्यास भरिन्छ, अपच, पेटमा इन्फेक्सन जस्ता समस्या छन् त्यस्ता बच्चाहरुलाई करेलाको पात मुखमा राख्न लगाउने र एक थोपा मह चटाइदिने गर्दा उल्लेखित समस्याहरुको समाधान हुन्छ ।

–पेटमा जुका, चुर्ना जस्ता किराहरुको समस्या आएमा करेलाको पातको रस निकालेर पिउँदा पेटभित्रका सबै किराहरु बाहिर निस्किन्छ ।

–पाइल्सको समस्यामा पनि करेलाको सेवन लाभदायी हुन्छ ।

सावधानः करेलाको जुस १० देखि ५० एमएलमात्रै पिउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप