शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले प्रशंसकलाई गरे अपिलः यो मुश्किल घडीमा सुशान्तका प्रशंसक– परिवारलाई साथ दिनुहोस्

आइतबार, ०७ असार २०७७, ०९ : ४१
आइतबार, ०७ असार २०७७

बलिउड अभिनेता सुशान्त सिंह  राजपूतको निधनपछि कोही मानिसहरु दुःख व्यक्त गरिरहेका छन् भने कोही बलिउडको एउटा तप्कामाथि निशाना साँधिरहेका छन् । यतिबेला नायक सलमान खानले पनि ट्रोलको सामना गरिरहेका छन् । अब सलमानले सोसल मिडियामा सुशान्तको विषयमा प्रतिक्रिया दिएका छन् ।

सलमानले प्रशंसकलाई गरे अपिलः

सलमान खानले एक ट्वीट गरेर आफ्ना सबै प्रशंसकलाई सुशान्तका परिवारलाई साथ दिन अपिल गरेका छन् । उनले आफ्नो ट्वीटमा गरेका छन्, ‘म आफ्ना सबै प्रशंसकलाई के आग्रह गर्न चाहन्छु भने सुशान्तका प्रशंसकलाई साथ दिनुहोस् र गलत भाषाको प्रयोग नगर्नुहोस् । भावनालाई बुझ्ने कोसिस गर्नुहोस् । यो संकटको घडीमा सुशान्तको परिवारको सहारा बन्नुहोस् । आफ्नो मान्छे गुमाउनुको पीडा अत्यधिक हुन्छ ।’

अब सलमान खानमाथि पछिल्ला केहि दिनदेखि विभिन्न प्रकारको आरोप लागिरहेको छ । दबंगका निर्देशक अभिनव कश्यपले त सलमान खानको परिवारमाथि विभिन्न प्रकारको आरोप लगाएका छन् । उनले सलमानमाथि उनको करियर बर्बाद गर्नका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । यस्तै, हालै गायक सोनू निगमले पनि इशारामा सलमान खानमाथि निशाना साँधेका छन् ।

स्मरण रहोस्, जून १४ तारिखमा नायक सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए । प्रहरी यतिबेला यो घटनामा अनुसन्धान गरिरहेको छ र हरेक ती व्यक्तिसँग सोधपुछ गरिरहेको छ जो सुशान्तसँग कुनै न कुनै रुपमा सम्बन्धित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप