शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत–चीन सीमा तनावमा अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो बयान

आइतबार, ०७ असार २०७७, ०९ : १०
आइतबार, ०७ असार २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनावमाथि निगरानी राख्दै मद्दतको प्रस्ताव पेश गरेका छन् ।

अमेरिकाले भारत र चीनबीच कुराकानी गरिरहेको ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, ‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारतसँग कुरा गरिरहेका छौं । हामी चीनसँग पनि कुरा गरिरहेका छौं । त्यहाँ यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामीले हेरिरहेका छौं । हामी उनीहरुलाई मद्दत गर्ने कोसिस गरिरहेका छौं ।’

१५–१६ जूनको राती गलवान घाटीमा भारत र चीनबीच भएको हिंस्रक संघर्षमा भारतका कमान्डिङ अधिकारीसमेत २० सैनिक मारिएका थिए । चीनका पनि थुप्रै सैनिक हताहत भएको खबर छ तर चीनले आधिकारिक आँकडा जारी गरेको छैन ।

भारत र चीनबीच वर्तमान तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपतिले गत महिना सोसल मिडियामा उनी भारत र चीनबीच मध्यस्थता गर्न तयार भएको बताएका थिए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप