बेलायतमा पार्कमा बसिरहेका समूहमाथि अन्धाधुन्ध चक्कू प्रहारः तीनको मृत्यु, तीन घाइते

बेलायतको रिडिङ्ग शहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीनजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर रुपमा घाइते भएका छन् ।
घटनास्थलबाट २५ वर्षका युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यो घटना रिडिङ्ग शहरको फोर्बरी गार्डन्स पार्कमा बेलायती समयानुसार बेलुकी साढे सात बजे भएको हो ।
प्रहरीले अहिले नै यसलाई चरमपन्थी घटना स्विकारेको छैन ।
सुरक्षा स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्ति लिबियाली मूलका हुन् ।
एक प्रत्यक्षदर्शीले पार्कमा बसिरहेका समूहमाथि तीब्र रुपमा चक्कु हमला गरेको जानकारी दिए ।
प्रहरीका अनुसार यो घटनामा अन्य कसैलाई पनि पक्राउ गरिएको छैन ।
टेम्स भ्याली प्ररीका डिटेक्टिभ चीफ सुपरिटेन्डेन्ट इयान हन्टरले भने, ‘अहिले यसलाई आतंकवादी घटना मानिएको छैन । यद्यपि, घटना कुनै उद्देश्यसहित गरिएको थियो भने अनुसन्धान चलिरहेको छ ।’
प्रधानमन्त्री बोरिस जोनसनले घटनामा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री
-
मुसोलिनीबाट जोगिन पोप फ्रान्सिसका हजुरबा र हजुरआमा गएका थिए इटाली छोडेर अर्जेन्टिना
-
फौजदारी अभियोगमा सजाय पाएका कर्मचारी पेन्सन सुविधाबाट वञ्चित हुनु हुँदैन : सांसद दिलेन्द्रप्रसाद बडू
-
चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन