शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा पार्कमा बसिरहेका समूहमाथि अन्धाधुन्ध चक्कू प्रहारः तीनको मृत्यु, तीन घाइते

आइतबार, ०७ असार २०७७, ०८ : ५४
आइतबार, ०७ असार २०७७

बेलायतको रिडिङ्ग शहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीनजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर रुपमा घाइते भएका छन् ।

घटनास्थलबाट २५ वर्षका युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो घटना रिडिङ्ग शहरको फोर्बरी गार्डन्स पार्कमा बेलायती समयानुसार बेलुकी साढे सात बजे भएको हो ।

प्रहरीले अहिले नै यसलाई चरमपन्थी घटना स्विकारेको छैन ।

सुरक्षा स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्ति लिबियाली मूलका हुन् ।

एक प्रत्यक्षदर्शीले पार्कमा बसिरहेका समूहमाथि तीब्र रुपमा चक्कु हमला गरेको जानकारी दिए ।

प्रहरीका अनुसार यो घटनामा अन्य कसैलाई पनि पक्राउ गरिएको छैन ।

टेम्स भ्याली प्ररीका डिटेक्टिभ चीफ सुपरिटेन्डेन्ट इयान हन्टरले भने, ‘अहिले यसलाई आतंकवादी घटना मानिएको छैन । यद्यपि, घटना कुनै उद्देश्यसहित गरिएको थियो भने अनुसन्धान चलिरहेको छ ।’

प्रधानमन्त्री बोरिस जोनसनले घटनामा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप