बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशः थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

आइतबार, ०७ असार २०७७, ०८ : ३१
आइतबार, ०७ असार २०७७

सुदूरपश्चिम प्रदेशमा थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ९२ जना तथा सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै सक्रिय संक्रमितको संख्या ७९३ पुगेको छ । यसअघि नै १३४ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

पुष्टि भएका मध्ये कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् । त्यसैगरी डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

हालसम्म अछाममा  ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ६९, डडेल्धुरामा १७०, दार्चुलामा १२, डोटीमा १२९, कैलालीमा २३६, कञ्चनपुरमा ९६ गरी ९३१  संक्रमित भेटिएका छन् ।

यो प्रदेशमा हालसम्म १०४७३ जनाको पिसिआर विधिवाट जाँच गरिएकामध्ये ९५४२ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । ५४९५ जनाको रिपोर्ट आउन बाँकी छ ।

पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।  प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ५६ र संक्रमित १११ गरी १६७ जनाको  उपचार भइरहेको छ ।  ४५३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुरमा २६, महाकालीमा ३५, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।

आरडिटी बिधिवाट ८९५१७ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २८ हजार १६२ पुरुष र ६ हजार ६५४ महिला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप