बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोनाक्षी सिन्हाले ट्वीटरलाई भनिन् ‘बाईबाई’, डिलिट गरिन् अकाउन्ट

आइतबार, ०७ असार २०७७, ०७ : ११
आइतबार, ०७ असार २०७७

बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिएकी छिन् ।

यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा साझा गरेकी छिन् ।

आफ्नो इन्स्टागा्रम पोस्टमा उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनसट राखेकी छिन् जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन र नकारात्मकताबाट टाढा राख्नका लागि आफ्नो पहिलो कदम उठाइरहेकी छु । म आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरिरहेकी छु ।’

यसका साथै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा । अलविदा ट्वीटर ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Aag lage basti mein... mein apni masti mein! Bye Twitter 👋🏼

A post shared by Sonakshi Sinha (@aslisona) on

यसअघि यसै हप्ता फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए । उनका अनुसार यसले घृणा र नकारात्मकता फैलाउने जमिनजस्तो काम गर्छ ।

हालै, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरलाई अत्यधिक आरोप लगाइएको थियो । 

थुप्रै मानिसहरुले करणले चर्चित अभिनेताका सन्तानलाई मात्रै काम गर्ने मौका दिन्छन् भन्ने आरोप लगाएका थिए । तत्पश्चात् करण जोहरले फिल्मी क्षेत्रसँग जोडिएका थुप्रलाई ट्वीटरमा अनफलो गरेका थिए ।

वास्तवमा सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, परिवारवादमाथिको बहस व्यापक चलिरहेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप