शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

शनिबार, ०६ असार २०७७, २२ : २७
शनिबार, ०६ असार २०७७

एजेन्सी । जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिटहरु कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ । 

कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । विश्वभरी नै नयाँ सामान्यतालाई ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ ।  

कोरोनाभाइरससँग डराएर लामो समयसम्म आर्थिक गतिविधिहरु बन्द गर्दा पर्याटन, निर्यातसँगै साना व्यापार व्यवसायहरुलाई धेरै मर्का परेको पाईएको छ ।   जापानमा अन्य कतिपय देशहरुमा झै लकडाउन अति कडाइका साथ लागू नगरिएकाले कोरोनाभाइरसको खतरा र त्यसले क्षति गर्नसक्ने संभावना अझै पनि रहेकाले त्यसलाई ध्यान दिनै पर्ने अर्थविद्हरुले पनि बताएका छन् । 

जापानले कतिपय बस्तु तथा सेवाहरु निर्यात गर्ने देशहरुमा पनि अझै सामान्य अवस्था नआएको र आवतजावत गर्न वा ढुवानी गर्न नपाईएकाले अर्थतन्त्रमा असर भने परि नै रहेको उनीहरुको भनाई छ । 
अर्थविद्हरुले जापानको अर्थतन्त्र तत्कालै र सजिलै सुधार हुने अवस्थामा नरहेको पनि विश्लेषण गरेका छन् ।-एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप