शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ड्रिमबेबी अब नेपालमा पनि

शनिबार, ०६ असार २०७७, २० : १०
शनिबार, ०६ असार २०७७

काठमाडौं– बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालका लागि एकमात्र आधिकारिक बितरक आइएमएस ग्रुपअन्तर्गत आइएमएस लिटिल स्माइलस् कम्पनीले ड्रिमबेबीका सामाग्रीहरु असार ३ गते भित्रिएको छ । 

संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध हुनेछ ।

ड्रिमबेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।

यस बेबी ब्राण्डले थुप्रै प्रसिद्ध अवार्डहरू जितेका छन् । ड्रीमबेबीका सामानहरू आइएमएस लिटिल स्माइलस् शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १०% छुट दिइनेछ । 

थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ । डक्टर ब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पिकप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र मान्यता हुनेछ ।

आइएमएस ग्रुपका अध्यक्ष  तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने, ‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्राण्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमाबुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमा बुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौं ।’ 

आइएमएस ग्रुप एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आइएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ माआधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।

कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आइएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हाल सालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआई जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप